पत्रकार भरत शर्माद्धारा जन्म दिनको अवसरमा विद्यालयलाई सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

नेपाल पत्रकार महासंघ, जाजरकोटका सचिव भरत कुमार शर्माले आफु पढेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन । पत्रकार शर्माले बैशाख १ गते आफ्नो जनमदिनको अवसरमा माध्यमिक शिक्षा अध्ययन गरेको भेरी नगरपालिका ९ भुर स्थित दीपेन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका हुन ।

जन्मदिनको बहानामा हुने फजुल खर्च कटौती गरी विद्यालयको पुस्तकाल स्थापनाका लागि दश हजार एक रुपैयाँ सहयोग गरेको शर्माले जानकारी दिए । भेरी नगरपालिका ९ स्थायी घर भएका शर्मा विगत लामो समय देखि पत्रकारिता लगाएतका सामाजिक कार्यमा सक्रिय छन । प्रेस चौतारी नेपालका सचिव शर्मा हालै सम्पन्न निर्वाचनबाट नेपाल पत्रकार महासंघ जाजरकोटको सचिवमा निर्वाचित भएका थिए । विद्यालयमा मावि तह संचालन भएपछि पहिलो ब्याजको प्रथम विद्यार्थी भएको हिसावले विद्यालयको समग्र विकास प्रति आफुलाई पनि गर्व लाग्ने शर्माको भनाई छ ।

विद्यालयले विभिन्न निकायहरुको सहयोगमा पुस्तकालय स्थापनाका लागि आवश्यक भौतिक संरचना निर्माण गरेपनि पुस्तक अभावले पुस्तकालय संचालन हुन सकेको छैन । पुस्तकालयमा आवश्यक पुस्तकहरु खरिद गर्न पत्रकार शर्मा सहितका पूर्व विद्यार्थीहरुले आर्थिक संकलन अभियान संचालन गरिरहेका छन । विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु नविन कुमार कठायत र हरि प्रसाद पौडेलको हस्ताक्षरबाट संयुक्त बैंक खाता संचालन गरी आर्थिक सहयोग संकलन गरिरहेको र सोही अभियान अन्तरगत जन्मदिनको अवसरमा आफुलेपनि सहयोग गरेको शर्माले बताए । आफुहरुले सामाजिक संजाल (फेसबूक) मा सामुहिक ग्रुप बनाई संचालन गरेको आर्थिक संकलन अभियान अन्तरगत अहिले सम्म छयालिस हजार पाँच सय सैतिस रुपैयाँ रकम जम्मा भएको र न्युनतम एक लाख रुपैयाँ जम्मा भएपछि तत्काल पुस्तक खरिद गरि विद्यालयलाई हस्तान्तरण गर्ने शर्माको भनाई छ ।

विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी संगै अन्य केहि व्यक्तिहरुले समेत आर्थिक सहयोग गरेको भन्दै सिटिजन्स बैंक जाजरकोटमा रहेको खाता नम्बर ०३६०१०००००७४८२०१ मा आफुले सक्ने रकम जम्मा गरी यो पवित्र कार्यमा सहभागी हुन शर्माले सबैसंग आग्रह गरे । पछिल्लो समय सबैको पहलले विद्यालय भौतिक संरचनाको क्षेत्रमा राम्रो उदाहरण भएको र अव शैक्षिक गुणस्तरको क्षेत्रमा सुधार गर्नु पर्ने आवश्यक रहेको छ । विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाहरुको अध्ययन गर्ने बानिको विकास गर्नका लागि पुस्तकालय स्थापना गर्न थालिएको पूर्व विद्यार्थीहरुको भनाई छ ।

यस अघि अभाव नै अभाव रहेको विद्यालयमा हाल प्रयाप्त भौतिक संरचना, विज्ञान र कम्प्युटर प्रयोगशाला आदीको व्यवस्थापन भएको र व्यवस्थित घेराबार तथा खेल मैदानको तत्काल आवश्यक रहेको विद्यालयले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad