राजनिति र समाजसेवाको क्षेत्रमा स्व.रविन्द्र शाहको योगदानको चर्चा

प्रवाह संवाददाता । जाजरकोट
राजनिति र समाजसेवाको क्षेत्रमा स्वर्गीय रविन्द्र शमशेर शाहको योगदानको चर्चा गरिएको छ । नेपाली काँग्रेस जाजरकोटका नेता एवम समाजसेवी स्वर्गिय रविन्द्र सम्शेर शाहको सम्झनामा आयोजित कार्यक्रममा उनको योगदानको चर्चा गरिएको हो ।

जिल्लाको राजनीति, युवा आन्दोलन र समाजसेवको क्षेत्रमा सक्रिय भुमिका निर्वाह गरेका स्वर्गिय शाहको चौथो स्मृति दिवसको अवसरमा पाँच तारा युवा संरक्षक मन्च जाजरकोटले श्रद्धान्जली सभा र नेपाल विद्यार्थी संघ जाजरकाटले खुला व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेका हुन् । पाँचताराले आयोजना गरेको श्रद्धान्जली सभामा वोल्दै विभिन्न व्यक्तिहरुले जिल्लाको राजनीति युवा आन्दोलन र समाजसेवाको क्षेत्रमा स्वर्गिय शाहले अमुल्य योगदान रहेको धारणा रहेको बताएका छन् ।
शाहको आफनै घरको आँगनमा आयोजित श्रद्धान्जली सभा तथा उनको अर्धकदको शालिकमा माल्र्यापण गर्दै भेरी नगरपालिकाका उपप्रमुख भावना भन्डारी, नपाली काँग्रेसका नेता तेजविक्रम शाह, नेकपा माओवादी केन्द्रका नेता प्रताप जैसी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, नेपाल पत्रकार महासंघ जाजरकाटका पुर्व अध्यक्ष जनक केसी, महासंघका कोषध्यक्ष दीपबहादुर घर्ती, भेरी नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष खम्वजंग शाह, पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका कार्यकारी निर्देशक छवि पन्त, मानव अधिकार संगठनका केदारबहादुर शाह, नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष ललित वस्नेत लगाएतले स्वर्गिय शाह योगदानबारे चर्चा गरेका छन् ।

शाहको हत्या अपराधिक र विभत्स भएको भन्दै उनीहरुले पिडित परिवारले उचित न्याय नपाए सम्म देशमा कानुन् र राज्य छ भनेर भन्न सकिने अवस्था नभएको तर्क गरे । कार्यक्रममा शाहका वुवा ८७ वर्षिय योगसम्शेर शाह र दाजु रामजंग शाहले आफुहरुलाइ न्याय दिलाउने काममा अरुले सहयोग गरेको तर राज्यले सहयोग नगरेको गुनासो गरे ।

bhumi-sanrakshyan

रविन्द्रका हत्याराहरु खुलेआम घुमिरहेको भएपनि सरकार र कानुन् चुप वसेको उनीहरुको गुनासो थियो । स्वर्गिय शाहको २०७३ चैत्र १५ गते साँझ साढे ५ वजे भेरी नगरपालिका वडा नम्वर ३ थाप्लेचौर नजिकै डोल्पा जाने सडकमा विभत्स ढंगले हत्या भएको थियो । यसै विच स्वर्गिय शाहको स्मृतिमा काँग्रेस निकट विद्यार्थी संघ जाजरकोटले खुला व्याटमिन्टन प्रतियोगिता सन्चालन गरेको छ ।

नेपाल विद्यार्थी संघ जाजरकाटका पुर्व अध्यक्ष तथा केन्द्रिय समितिका पुर्व सदस्य समेत रहेका शाहको स्मृतिमा संघले आयोजना गरेको उक्त खुला व्याटमिन्टन प्रतियोगितामा छवि पन्त र निराजन विक्रम शाहीले प्रथम स्थान प्राप्त गरेका छन् भने राजु भडेल र रमेश चन्दले द्धितीय स्थान प्राप्त गरेका छन् । यस्तै महेन्द्र भडेल र सीताराम वली तथा रामसिंह ठकुरी र महेश कठायतका दुइ जोडीहरुले तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने जोडीलाइ २० हजार नगद, मेडल र प्रमाणपत्र, द्धितीय हुनेले १५ हजार नगद, प्रमाणपत्र र मेडल तथा तृतीय हुने दुइ जोडीलाइ ६ हजारका दरले नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको नेविसंघ जाजरकोटका अध्यक्ष ललित वस्नेतले वताए । उनका अनुसार उक्त खेल प्रतियोगितामा १३ जोडी खेलाडीहरुले सहभागिता जनाएका थिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya