२४० गणकका लागि १७५६ आवेदन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

केही समय पछि जाजरकोटमा संचालन हुने जनगणननाका लागि २४० जना गणकको लागि एक हजार सात सय ५६ जनाको आवेदन परेको छ । त्यस्तै सुपरिवेक्षक पदमा ६४ जनाको आवश्यकता परेकोमा ३१५ जनाले आवेदन दिएका छन् । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ संचालन हुने १२ औँ जनगणना २०७८ का लागि सदरमुकाममा हालै जिल्ला जनगणना कार्यालय स्थापना भैसकेको छ । केन्द्रिय तथ्यांक विभागले जिल्ला जिल्लामा आवश्यक पर्ने गणक र सुपरिवेक्षक अनलाइन आवेदन र प्रत्यक्ष आवेदन मार्फत करारमा विज्ञापन गरेको थियो ।

जिल्लामा जनगणना २०७८ का लागि ६४ सुपरिवेक्षक र दुई सय ४० जना गणक परिचालन हुने जिल्ला जनगणना कार्यालय जाजरकोटका प्रमुख जनक बहादुर बोहराले जानकारी दिए ।
सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउने ब्यवस्था गरिएको छ । अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन् । सुपरीवेक्षकले विस २०७८ साल वैशाख २५ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् ।
यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइनेछ । यसका लागि अनलाइन मार्फत आवेदन दिन सकिने छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको छ । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो ।

करारमा जनशक्ति लिनका लागि गएको माघ ११ बाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको थियो । जिल्लामा भेरी नगरपालिका, नलगाड नगरपालिका र छेडागाड नगरपालिकामा स्थानिय जनगणना कार्यालय रहने भएका छन् । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय जनगणना समन्वय समिति रहने ब्यवस्था मिलाईएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad