पुर्व विद्यार्थीहरुको सहयोगमा विद्यालयमा खानेपानी

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

खानेपानीको संधै समस्या भइरहने जाजरकोट सदरमुकाम खलंगाको त्रिभुवन माध्यमिक विद्यालयका लागि सोहि विद्यालयका पुर्व विद्यार्थीहरुले २४ घन्टे पिउने पानीको व्यवस्था गरिदिएका छन् ।

त्रिभुवन माविका विद्यार्थीहरुलाइ पिउने पानी दिऔं अभियान मार्फत पुर्व विद्यार्थीहरुले झन्डै १२ लाख रकम जुटाएर विद्यालयको खानेपानी समस्या समाधानमा योगदान सहयोग गरेका हुन् । पुर्व विद्यार्थीहरुको तर्फवाट पिउने पानीको चरम समस्या भोगिरहेका विद्यार्थीहरुलाइ पानीको सहज आपुर्तिको व्यवस्था गर्न उनीहरुले स्वस्फुर्त रुपमा सहयोग रकम संकलन गरेका थिए ।
विद्यालयका पुर्व विद्यार्थी जनक केसीको अगुवाइ र समन्वयमा पुस ३ गते देखि सुरु भएको अभियान मार्फत निर्माण भएको पानी टंकी, धारा र इन्टेक लगाएतको खानेपानीको सम्पुर्ण संरचना र व्यवस्थापन विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यालयलाइ हस्तान्तरण गरिएको छ ।

विद्यालयको ६८ औं वार्षिक उत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमका विच कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंहले धारा खोल्ने र विद्यार्थीहरुले पानी पिउने गरेर उक्त खानेपानी योजनाको उद्घाटन गरिएको हो । यस्तै अभियानका अगुवा तथा समन्वयकर्ता जनक केसीले उक्त टंकी र धाराको साँचो विद्यालयका निमित्त प्रधानाध्यापक हरिवहादुर वस्नेतलाइ हस्तान्तरण गर्दै खानेपानी योजना विद्यालयलाइ सुम्पिएका छन् ।

धारा तथा टंकी हस्तान्तरण कार्यक्रममा वोल्दै कर्णाली प्रदेश सभाका सदस्य सिंहले विद्यार्थीहरुको खानेपानी समस्यालाइ समाधान गर्न पुर्व विद्यार्थीहरुले उदाहरणीय काम गरेको वताए । उनले सामाजिक हित कल्याणका लागि पुर्वविद्यार्थीहरुले गरेको काम र योगदान सवैका लागि प्रेरणा वनेको पनि वताए ।

विद्यालयमा पानी आएपछि आफुहरुलाइ ठुलो राहत मिलेको विद्यार्थीहरु वताउछन् । कक्षा ११ मा पढ्ने सपना घर्तीले अव पानी माग्न होटल होटल चाहर्नु पर्ने अवस्थाको अन्त्य भएको बताईन । उनले चौविसै घण्टा पानी आउन थालेपछि पानी पिउन र शौचालय जान समेत सहज भएको बताईन ।

अभियानकर्ता पुर्व विद्यार्थी केसीले फेसवुकमा त्रिभुवन माविका विद्यार्थीहरुलाइ खानेपानी दिऔं नामक समुह निर्माण गरेर सुरु गरिएको उक्त अभियानमा पुर्व विद्यार्थीहरुले व्यक्तिगत रुपमा एक हजार देखि एक लाख सम्म सहयोग गरेका छन् ।


पुर्व विद्यार्थीहरुले सुरु गरेको उक्त अभियानमा १ सय २६ जना पुर्व विद्यार्थीहरु, २ जना अन्यले नगद जम्मा १० लाख ४३ हजार ६१ संकलन गरेको र जिल्ला स्थित खानेपानी कार्यालयले उक्त अभियान सफल पार्न ४ सय ५० मिटर ४० एमएमको पाइप सहयोग गरेको अभियानका समन्वयकर्ता जनक केसीले वताए । उनका अनुसार अभियान सम्पन्न गरेर वचेको ८७ हजार ६ सय ३६ रुपैया उक्त खानेपानी योजनाको मर्मत सम्भारमा सहयोग पुरयाउन विद्यालयमा अक्षयकोष स्थापना गरेर विद्यालयलाइ नै रकम हस्तान्तरण गरिने छ ।

हाल उक्त विद्यालयको कक्षा ६ देखि १२ सम्म एक हजार १३ जना विद्यार्थीहरु अध्ययनरत छन् । सो अभियान अन्तरगत ४ हजार ९ सय मिटर दुरीमा रहेको कोटखोला वुदवुदी स्थित मुहानवाट विद्यालय सम्म २४ सै घन्टा चल्ने पानी ल्याइएको छ ।उक्त योजना अन्तरगत विद्यालयमा ८ हजार लिटर वढी क्षमताको टंकी, तीनवटा धारा निर्माण गर्नुका साथै कोटखोलाको मुहानमा ५० मिटर वरपरको क्षेत्रफललाइ जाली र फलामे ढोकाले घेरावार गरेर पक्की इन्टेक निर्माण समेत गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad