शिक्षक संघको २२ औं प्रतिनिधी सभा सम्पन्न

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

नेपाल शिक्षक संघ जाजरकोटको २२ औ प्रतिनिधी सभा सदरमुकाम खलंगामा सोमवार सम्पन्न भएको छ ।

नेपाली काँग्रेस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघको जिल्ला प्रतिनिधी सभाको उद्घाटन गदै शिक्षक संघ राष्ट्रिय कार्य समितिका पुर्व अध्यक्ष मोहन ज्ञवालीले सवै शिक्षकहरुलाई पेशाप्रति इमान्दारीपुर्वक लाग्न र आफ्नो पठनपाठनको जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् । असल र इमान्दार शिक्षक भए मात्र समाज र विद्यार्थीबाट सम्मान पाउने भएकाले जिम्मेवार शिक्षक बन्न आग्रह गरेका छन् । पुर्व अध्यक्ष ज्ञवालीले काँग्रेसलाई यतिवेला सुनौलो अवसर आएको बताए । उनले भने–‘काँग्रेसलाई पुनः मियोको रुपमा स्थापित गर्न नेतृत्वले सुझबुझका साथ कदम चाल्नु पर्छ । काँग्रेस कम्युनिष्टहरुका एजेन्डामा फस्दा अहिलेको नियति भोग्नु परेको हो । अव सच्चिने र फेरी पनि काँग्रेसको लागि अवसर सिर्जना भएको छ । यसलाई उपयोग गरेर लोकतन्त्रको संस्थागत विकासमा योगदान गर्नुपर्छ ।’

कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल शिक्षक संघ संघिय कार्यसमितिका उपाध्यक्ष जनक सिंह, कर्णाली प्रदेश अध्यक्ष इलमबहादुर शाही, केन्द्रिय सदस्य धिरेन्द्रबहादुर शाह, नेपाली काँग्रेसका पुर्वपार्टी सभापति सनतकुमार कार्की, नेता बेदराज सिह, नेपाली काँग्रेसका पार्टी सचिव भुमिलाल रोकाय, कोषाध्यक्ष तेजविक्रम शाह, बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाह, नेपाली काँग्रेसका नेता छवि पन्त वडाध्यक्ष खम्बजंग शाह, ट्रेड युनियन काँग्रेसका अध्यक्ष विर्खबहादुर कार्की, नेपाल शिक्षक संघ रुकुमका अध्यक्ष तारा चन्द, शिक्षक नेताहरु जनक केसी, कमल चन्द, रेखा शाह लगायतका बक्ताले शिक्षकको पेशागत मर्यादा र शिक्षकको हक हितको पक्षमा सधै आफुहरु रहेको धारणा ब्यक्त गरेका छन् ।

शिक्षक संघका जिल्ला अध्यक्ष आशा कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष पार्वती थापाले अतिथि र प्रतिनिधीहरुलाई स्वागत गरेकी थिईन । सचिव नरबहादुर शाहीले संचालन गरेको कार्यक्रममा जिल्लाका सातै पालिकाबाट शिक्षकहरुको सहभागिता रहेको थियो । शिक्षक मर्यादित पेशा, विद्यार्थीलाई जिवनोपयोगी शिक्षा भन्ने मुल नाराका साथ भएको कार्याक्रममा त्रिभुवन मावि खलंगाका निमित्त प्रधानाध्यापक हरिबहादुर बस्नेतलाई दोसल्ला र प्रमाण पत्र द्धारा सम्मान गरिएको छ । कार्यक्रममा नेपाल शिक्षक संगठन जाजरकोटका उपाध्यक्ष मिनराज सिंह, सदस्य अशोक कुमार शाह, तथा राष्टिय शिक्षक संगठनबाट सुरज आरसी, दीपबहादुर शाही, जनक सिंह र ममता आरसी लगायतका शिक्षकहरु आफु संलग्न संगठन त्यागि शिक्षक संघका प्रवेश गरेका थिए । उनीहरुलाई सदस्यता प्रदान गरेर शिक्षक संघमा स्वागत गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट पालिकाको रुपमा कुशे गाँउपालिका शिक्षक संघका अध्यक्ष मदनराज आरसीलाई सम्मान गरिएको थियो । सोमवार नै भएको बन्द सत्रमा सचिवको संगठनिक प्रतिवेदन र अर्थसचिवको आर्थिक प्रतिवेदन पारित गदै प्रतिनिधी सभा सम्पन्न भएको उपाध्यक्ष दीर्घजंग सिंहले बताए । कार्यक्रमका प्रमुख अतिथि शिक्षक संघका पुर्व अध्यक्ष मोहन ज्ञवाली र रुकुम पश्चिमका अध्यक्ष तारा चन्दलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad