April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

दुवै मृगौला फेल भएका युवक द्धारा सहयोगको याचना

राजेन्द्र कार्की । जाजरकोट
दुवै मृगौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शैयामा छट्पटाइरहेका जाजरकोट जगतिपुरका एक युवकले सहयोगको याचना गरेका छन् । भेरी नगरपालिका ११ जगतिपुरका २२ बर्षिय पुर्ण परियारले आफुलाई सहयोग गरेर बचाई दिन अनुरोध गरेका छन् ।

 

अत्यान्त विपन्न परिवारका उनी अहिले कोहलपुर स्थित मेडिकल कलेजमा उपचार गराईरहेका छन् । उनको हप्तामा दुई पटक डाइलोसिस गर्नु पर्छ । गत असोजमा विरामी परेका उनलाई उपचारको लागि काठ्मान्डौ लगिएको थियो । शिक्षण अस्पताल काठ्मान्डौले दुवै मृगौला फेल भएको पत्ता लगाएको थियो ।काठ्मान्डौमै उपचार गराईरहेका उनलाई खर्चले धान्न नसकेपछि तीन महिना पछि कोहलपुर ल्याईएको हो । आफन्तले मृगौला दिने तयारी गरेपनि आर्थिक अभावले मृगौला प्रत्यारोपन गर्न नसकिएको दिदि कल्पना परियारले बताईन ।

 

घरको आर्थिक अवस्था निकै नाजुक छ । बुवा बोल्न सक्नुहुन्न । घरमा कमाई गरिदिने कोही छैनन् । दैनिक छाक टार्न समेत मुस्किल परिरहेको परिवारले मृगौला प्रत्यारोपन गर्न लाग्ने १०÷१२ लाख रुपैया कसरी जुटाउने भन्ने चिन्ताले सताईरहेको छ उनले भनिन ‘हामी भाईलाई बचाउन चाहन्छौ तर हामी सँग पैसा छैन । अहिले सम्म ऋणसाहु गरेर बचायौ । अव कसरी मृगौला प्रत्यारोपण गरौ । भाइको लागि परिवारका जसको मृगौलाले मेल खान्छ उसैको दिन तयार छौ तर प्रत्यारोपण गर्ने पैसा कहाँ जुटाउँ ?’ प्रत्यक हप्ता दुई पटक डायलासिस गर्ने र दुई महिनाको एक पटक रगत दिनु पर्दछ । आर्थिक सहयोग गरि भाईलाई बचाईदिन दिदि कल्पनाले सवैलाई याचना गरेकी छन् । सहयोग गर्न चाहनेले कल्पना परियारको नाममा राष्ट्रिय बाणिज्य बैकमा खाता नम्बर ४२८०१००००९१३३०१० मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad