भेरी नगरपालिकाले गर्यो तीन कर्मचारी बर्खास्त, कर्मचारी संगठनद्धारा विरोध

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

भेरी नगरपालिकाले नगरपालिकामा कार्यरत तीन जना कर्मचारीलाई बर्खास्त गरेको छ । सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मा, एम आई एस अपरेटर पवन शर्मा र शरोज वलीलाई सेवाबाट बर्खास्त गरिएको हो ।

कार्य सन्तोषजनक नभएकाले मिति २०७७ फागुन १८ गतेको निर्णय अनुसार २०७७ फागुन १९ गते देखि लागु हुने गरि आदेशानुसार करार सम्झौता भंग गरिएको भन्दै नगरपालिकाले तिनै जनालाई बर्खास्त गरेको हो । भरत विगत ९ बर्ष देखि कार्यरत कर्मचारी हुन भने पवन र शरोज गत बर्ष नियुक्त भएका कर्मचारी हुन । यस अघि गत १७ फागुनमा नगरपालिकाले तीनै जनालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणपत्रमा ‘तपाई राजनितिमा भाग लिई संघिय निजामति सेवा ऐन २०४९ को दफा ४४ को भावना विपरित हुने गरि नेकपा ( माधव–प्रचण्ड समुह) निकट प्रेस संगठनको कर्णाली प्रदेश कमिटी सदस्य पदमा आवद्धता भएको सप्रमाण प्राप्त भएकोले उक्त ऐनको दफा ४४ अनुसार कारवाही किन नगर्ने । २४ घण्टा भित्र चित्त बुझ्दो जवाफ दिनुहोला । अन्यथा निर्देशन अनुसार कारवाही भई जाने ब्यहोरा अनुरोध छ ?’ भनिएको छ ।


निर्देशन अनुसार भनेर स्पष्टिकारण सोधिएको र कारवाही गरिएको पत्रमा पनि निर्देशन अनुसार उल्लेख गरिएको छ । नेकपा दुई समुहमा विभाजन भएपछि पवन शर्मा प्रधानमन्त्री ओली निकट प्रेस संगठनको जिल्ला संयोजक भएका थिए । तर केही दिन अघि मात्र उनले प्रेस संगठनको जिल्ला संयोजक छोडेर माधव प्रचण्ड समुहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य पदमा मनोनयन भएका थिए । उनी सहित शरोज र भरत पनि सोही संगठनको प्रदेश सदस्य पदमा मनोनयनमा परेका थिए । ओली निकटका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले गत बर्ष जागिरे बनाईदिएका र निकै विश्वासपात्र मानिने पवनले आफ्नो साथ छोडेपछि उनी लगायत तिनै जनाको जागिर नै चट हुने गरि एक्सन लिएका हुन् । यस घटनालाई सामाजिक सञ्जालमा समेत पक्ष विपक्षमा टिकाटिप्पणी हुन थालेका छन् ।

यसैवीच, जिल्ला स्थित विभिन्न निजामति कर्मचारी सम्बद्ध संगठनहरुले भेरी नगरपालिकामा तीन जना कर्मचारीलाई गरिएको बरखास्र्तगीको कडा विरोध गरेका छन् । प्रतिसोध र पुर्वाग्रहबाट प्रेरित भएर कर्मचारी बर्खास्त गरेको कार्यप्रति गंभिर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो नेतृत्वको स्थानिय सरकारमा फरक आस्था राखेकै आधारमा रोजीरोटी खोस्ने कार्यको घोर निन्दा गदै उक्त कारवाही तत्काल फिर्ता लिई काममा फर्कान आग्रह गर्दछौ संयुक्त विज्ञप्तीमा भनिएको छ । निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामति)ले संयुक्त विज्ञप्ती प्रकाशित गरि आगामी दिनमा यस्ता गतिविधि नदोहरयाउन माग गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad