जुनीचाँदेमा सुत्केरीलाई कुखुरा, तेल र न्यानो कपडा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको जुनीचाँदे गाँउपालिकाले सुत्केरी महिलालाई लोकल कुखुरा, तोरीको तेल र न्यानो कपडा वितरण गर्ने गरेको छ । सुत्केरी आमा सँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत जुनीचाँदे गाँउपालिकामा सुत्केरी भएका सवै महिलालाई लोकल कुखुराका लागि एक हजार पाँच सय, तोरीको तेलका लागि पाँच सय र बच्चाको न्यानो कपडा किन्नका लागि पाँच सय गरि दुई हजार पाँच सयका दरले रकम वितरण गर्ने गरेको सहायक महिला विकास निरीक्षक तथा महिला तथा बालबालिका शाखा प्रमुख तारा हमालले बताईन ।

सुत्केरी आमा सँग उपाध्यक्ष कार्यक्रम संचालनका लागि गत आर्थिक बर्षमा १४ लाख ६९ हजार रुपैया विनियोजन गरेको गाँउपालिकाले पाँच सय ८८ जना सुत्केरीलाई उक्त रकम वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख हमालले बताईन । हमालले भनिन–‘गरीवी, अशिक्षा, चेतनाको अभाव र रुढीबादी परम्पराका कारण गर्भवति र सुत्केरी अवस्थामा यहाँका महिलाले प्रयाप्त मात्रामा पोषणयुक्त खाना पाउँदैनन् । अझै पनि छाउ बार्ने चलन छ । पोषणको मात्रा नपुग्दा आमा र शिशुको स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको छ । थोरै भएपनि आमा र नवजात शिशुको पोषणमा सहयोग पुगोस भनेर सुत्केरी महिलालाई सहयोग गर्ने गरिएको हो । यस बर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिईएको छ ।’

सुत्केरी महिलाको पोषण सुधारका लागि यो कार्यक्रम संचालन गरिएको गाँउपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्यले बताईन । आर्थिक अभावका कारण सुत्केरी अवस्थामा पोषणयुक्त खान नपाउँदा धेरै महिला र नवजात शिशुमा रोगप्रतिरक्षा शक्ति कमजोर हुनुका साथै बालबालिका कुपोषणको शिकार हुन थालेपछि पोषणको मात्रा बढाउन सुत्केरी महिला सँग उपाध्यक्ष कार्यक्रम संचालन गरिएको कार्यबाहक अध्यक्ष आचार्यले बताईन । उनले गाँउपालिका मातहतका स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखा सँग समन्वय गरेर महिला तथा बालबालिकाको पोषण सुधार, स्वास्थ्य सेवा सुविधामा पहुँच बृद्धि तथा विस्तार, सरसफाई र चेतनाको विकासमा विभिन्न कार्यक्रम संचालन गरिरहेको बताईन ।

गत बर्ष सुत्केरीले भत्ता पाउँदा निकै खुसी भएका थिए तर चालु आर्थिक बर्षमा सात महिना वित्दा पनि उक्त कार्यक्रम शुरु हुन सकेको छैन । कार्यालयको लापरवाही र ढिलासुस्तीले गर्दा समयमा सुत्केरीले उक्त रकम पाउन नसकेको स्थानियको गुनासो छ । गाँउ परिषदले सुत्केरी आमा सँग उपाध्यक्ष कार्यक्रमका लागि बजेट विनियोजन गरिसकेको भएपनि गत साउन देखि यता सुत्केरी भएका महिलाले उक्त भत्ता पाउन नसकेका हुन् । सहायक महिला विकास निरीक्षक हमालले केही दिनमै रकम निकासा गरेर सुत्केरीलाई आवश्यक रकम वितरण गरिने जानकारी दिईन । उनले साउन देखि यता सुत्केरी भएका सवै सुत्केरीलाई दुई हजार पाँच सयका दरले विशेष सुत्केरी भत्ता प्रदान गरिने बताईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad