March 7 - 2021, Sunday२३ फाल्गुन २०७७, आईतवार

महिला हत्या, हिंसा र बलत्कारका विरुद्ध जाजरकोटमा विरोध प्रर्दशन

राजेन्द्र कार्की । जाजरकोट

देशभर महिलाहरु माथि भैरहेका श्रृङ्खलाबद्ध हत्या, हिंसा र बलत्कारका विरुद्ध जाजरकोटका महिलाहरुले विरोध प्रर्दशन गरेका छन् । प्रचण्ड–माधव समुहको नेकपा निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) संघर्ष समिति जाजरकोट द्धारा आयोजित विरोध प्रदर्शन कार्यक्रमका बक्ताहरुले महिलाहरु दिनदाहाडै बलत्कृत हुँदा पनि सरकार रमिते भैरहेको भन्दै आक्रोश पोखेका छन् ।


महिला हत्या, हिंसा र बलत्कारका घटना दिनप्रतिदिन बढिरहेका छन् सरकार के हेरेर बसेको छ । निर्मला पन्तका हत्याराहरु अहिले सम्म किन पक्रन सकेका छैनन् । निर्मला र भगिरथी जस्तै सयौ किशोरीहरु कहिले सम्म बलत्कृत भै मृत्युवरण गरिरहनु पर्ने हो ? अनेमसंघ जिल्ला संघर्ष समितिका संयोजक तथा कर्णाली प्रदेश सभा सदस्य कृष्ण शाहले सरकार सँग प्रतिप्रश्न गदै भनिन ‘महिलाहरुको न्यायको लागि हामी अहिले सडकमा आएका छौ । फेरी यस्ता घटना दोहरिन नदिन सरकारले हत्याराहरुलाई हदै सम्मको कारवाही गरोस ।’ उनले प्रतिनिधी सभा भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई धोका दिदै प्रतिगमनको बाटो रोजेको आरोप लगाईन ।

नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमालले संचालन गरेको विरोध कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष ढकवीर राना, सचिवालय सदस्य कमान खड्का, विद्यार्थी नेता झरना चन्द लगायतका बक्ताले सरकारको चर्को आलोचना गरेका थिए । यस अघि जिल्लाका सात ओटै पालिकाबाट सदरमुकाम खलंगामा भेला भएका महिलाले बलत्कारीलाई फाँसीको माग गदै बजार परिक्रमा गरेका थिए । प्रतिनिधी सभा विघटन पछि अनेमसंघ जाजरकोटले संघर्ष समिति गठन गरि सवै पालिकामा विभिन्न विरोधका कार्यक्रम गदै आएको थियो ।

Prabaha

faujikira-sambandhi-suchana