प्रहरी द्धारा दुइ युवकलाई ज्यान लिने धम्की, पिडित द्धारा जीवनरक्षाको माग

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

जिल्ला प्रहरी कार्यालय जाजरकोटमा घुमुवा प्रहरीको रुपमा कार्यरत प्रहरी जवानले जाजरकोटका दुई जना युवाहरुलाई ज्यान लिने धम्की दिएका छन् । जाजरकोट खलंगामा बस्ने निश्चल जंग शाह र प्रशान्तबहादुर देउवालाई घुमुवा प्रहरी दिपेन्द्र श्रेष्ठ सहितका चार जना सादा पोशाकका प्रहरीले धम्क्याएका हुन् ।

 

गत २४ माघमा कारागारमा रहेका साथीलाई भेटेर घर फर्कने क्रममा ति प्रहरीले तिमीहरु सँग काम छ हामीहरु सँग हिड भनेर मोटरसाईकलमा राखेर भेरी नगरपालिका ४ रानागाउँ स्थित रेडक्रस भवन नजिकैको जंगलमा लगेर थाप्ले स्थित पुल हाउसको ढोका फोडेको र नापी कार्यालयको मोटरसाइकल तोडफोड गर्ने तिमीहरु नै हौ । अपराध स्वीकार गर भन्दै कन्चटमा पेस्तोल राखेर जर्वजस्ती अपराध स्वीकार गर्न बाध्य पारेको र त्यसको भिडियो रेकर्ड समेत गरि ज्यान लिने धम्की दिएको भन्दै उनीहरुले जीवनरक्षा र स्वतन्त्र पुर्वक बाच्न पाउने मानव अधिकारको रक्षाका लागि प्रमुख जिल्ला अधिकारी सक्षक्ष निवेदन पेश गरेका छन् ।

 

पिडितहरुले प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई बुझाएको निवेदनमा जिल्ला स्थित विभिन्न अधिकारकर्मीहरुलाई समेत बोद्धार्थ दिईएको छ । निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी बरालले घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारवाही गर्ने आश्वासन दिएका थिए । त्यस्तै मंगलवार नै जिल्ला प्रहरी प्रमुख मधुकुमार थापाले प्रहरीले गल्ती गरेको स्वीकार गदै आगामी दिनमा यस्ता गल्ती नदोहरिने प्रतिवद्धता ब्यक्त गरेको परिवर्तनका लागि युवा अभियानका अनिशकुमार कार्कीले बताए । निश्चलकी आमा निना शाहले प्रहरीले आफ्ना छोराहरुलाई दिनदाहाडै कन्चटमा पेस्तोल ताकेर ज्यान लिने धम्की दिएको भन्दै त्यस्ता प्रहरीलाई कारवाही गर्न माग गरिन । ‘जनताको साथी प्रहरी हुनु पर्नेमा प्रहरीले नै निहत्था नागरिक माथि ज्यानै लिने धम्की दिनु निन्दनीय कार्य हो’ उनले भनिन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad