जाजरकोटमा काँग्रेसमा प्रवेशको लहर

lagu ausadhi biruddha abhiyan jajarkot

बद्री पन्त

जाजरकोट २७, माघ

सत्तारुढ नेकपा परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ । बारेकोटको लैखम र नलगाडको मुलीमा आयोजित कार्यक्रममा पाँच दर्जन बढी नेकपाका कार्यकर्ता काँगेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेपाली काँग्रेसका नेता बेदराज सिंह, बिनबहादुर सिंह,महेन्द्रबहादुर शाह, छवि पन्त लगाएतले अविराबरण र फुलमाला सहित स्वागत गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता सिंहले काँग्रेस प्रवेश गर्नेको लहर नै चलेको बताए । स्थानिय, प्रदेश र संघिय सरकार नेकपाकै छ । चुनावको बेला यो गछौ त्यो गछौ भनेर जनतालाई झुक्याएको अहिले प्रष्ट हुँदैछ । सधै काँग्रेस खराब पार्टी भन्ने कम्युनिष्टहरुको असली रुप अहिले देखिएको नेता सिंहले बताए । ‘हिजो खान नपाउनेहरु अहिले महलमा बस्छन् । नेताहरु कमाउ धन्दामा लागेका छन् । आफ्ना छोराछोरी अमेरिका लगायतका देशका महँगा कलेजहरुमा पढाउँछन् तर हिजो युद्ध लडेका सोझा साझा कार्यकर्ताको हालत के छ कहिल्यै फर्केर हेरेनन् । त्यहि भएर नेकपामा चरम असन्तुष्टि बढ्दै गएको अर्का नेता बिनवहादुर सिंहले भने । त्यही असन्तुष्टिका कारण काँग्रेस प्रवेश गर्नेकोे लहर नै चलेको छ । काँग्रेसले यसलाई अवसरको रुपमा लिनु पर्छ, उनले भने । काँग्रेस जनतालाई झुक्याउने ठग्ने पार्टी होइन’ अर्का नेता पन्तले भने तपाईले जिताएका नेताहरुले के गरे ?उनले भने ।

को को ले गरे प्रवेश

बारेकोट ८, वडा कार्य समिति जाजरकोटको आयोजनामा साबिक सक्ला (१ लैखममा आयोजित कार्यक्रममा नेकपाका नेता धन बहादुर खत्री ( पुर्ब माओवादी एरिया इन्चार्ज ), नर बहादुर खत्री ( पुर्ब पिलए)लगाएत नेकपाका ४५ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश छन् भने नेपाली कांग्रेस नलगाड नगरपालिका वडा नं.५ को पार्टी कार्यालय उदघाटन कार्यक्रममा पुर्ब माओवादी केन्द्र परित्याग गरेर दिनेश के. सि., भिम बहादुर सिंह , काली बहादुर खत्री , भबिलाल जैशी, दल बहादुर ओलि, खिल बहादुर कुसारी, दिल बहादुर ओलि लगाएत १३ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको नेता बेदराज सिंहले बताए । तत्कालिन माओवादी जनसेना रहेका मुक्ती खत्रीले कम्युनिष्ट पार्टी नाममा मात्र रहेको र जनतालाई धोका दिएर नेताहरु कमाउ धन्दामा लागेकाले आफुले नेकपा छोडेको बताए । नेकपालाई काम गर्ने अवसर दिएपनि काम गर्न नसकेको आरोप खत्रीले लगाए । यस अघि जिल्लाको विभिन्न ठाउँमा भएको कार्यक्रममा नेकपाका ७ सय वढी नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेसमा प्रवेश गरेको नेता सिंहले बताए । सात वटा पालिका र ७७ वटै वडामा जागरण अभियान सन्चालन गरिने युवा नेता सिंहले जानकारी दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad