प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका ४ लहँ निवासी ४२ बर्षिय शेरबहादुर वलीको भीरबाट लडेर मृत्यु भएको स्थानिय छवि पन्तले बताए । कालीमाटी बजार गए घर फर्कने क्रममा भातचिउराको जंगलमा एक्कासी चिप्लिएर लडेका उनको घटनास्थलमै ज्यान गएको हो । उनी बाटोबाट करीव तीन सय मिटर तल खसेका थिए । उनको टाउकोमा गंभिर चोट लागेको थियो ।