जाजरकोटमा ट्याक्टर दुर्घटनामा पाँच जना घाइते, दुईको अवस्था गम्भीर

lagu ausadhi biruddha abhiyan jajarkot

सहदेव बस्नेत । जाजरकोट

जिल्लाको भेरीनगरपालिका १ मैदेमा ट्याक्टर दुर्घटना भएको छ । अस्पतालको ढुँगा ल्याउने क्रममा लु.४ त ५९५० नम्बरको ट्याक्टर भेरी नगरपालिलका १ जोखोला नजिकै दुर्घटनामा परी पाँच जना घाइते भएका छन ।

दुघर्टनामा परि गम्भीर घाइते भेरी नगरपालिका वडानं १ मैदेका २५ वर्षीय लेख वहादुर राना र पश्चिम रुकुम सानोभेरी गाउँपालिका ४ का १८ वर्षीय नर वहादुर वली लाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल जाजरकोटले जानकारी दिएको छ । अन्य घाइतेहरु भेरी नगरपालिका १ का ३८ वर्षीय गगन राना, वर्ष ४१ का चुडामणी राना र ट्याक्टर चालक २६ वर्षीय रत्न राना को जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किशोर कुमार श्रेष्ठले बताए । उनका अनुसार सडकबाट अन्दाजी २ सय मीटर तल खसेको थियो । दुर्घटनाको खवर लगत्तै स्थानीयवासी र अस्थायि प्रहरी चौकी होलुखोका प्रहरी हवल्दार छवी वलीको टोलीले उद्धार गरि एम्वुलेन्स मार्फत जिल्ला अस्पताल सम्म पुर्याएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad