बालुवा गिट्टीको रोयल्टी विद्यालयले उठाउन पाउनु पर्ने माग गदै विद्यार्थी आन्दोलनमा

राजेन्द्र कार्की । जाजरकोट

बालुवा गिट्टीको रोयल्टी विद्यालयले उठाउनु पर्ने माग गदै भेरी त्रिवेणी माध्यामिक विद्यालयका शिक्षक विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

१० कक्षा सम्म अध्ययन हुने उक्त विद्यालयमा विषयगत शिक्षक दरबन्दी लगायतका समस्या छन् । दरबन्दीको ब्यवस्था गरिदिन स्थानिय सरकार सँग माग गर्दा सुनुवाई नभएपछि विद्यालयले नजिकै रहेको भेरी नदी किनारको बालुवा गिट्टी बेचेर शिक्षक ब्यवस्थापन लगायतका समस्या समाधान गर्ने निर्णय गरेको थियो । विद्यालयले आफ्नै लगानीमा नदी डाइभर्सन गरि बालुवा गिटी संकलन गर्न थालेको अवस्थामा भेरी नगरपालिकाले टेण्डर आब्हान गरि आफैले राजश्व संकलन गर्न थालेको र प्रहरी प्रशासन लगाएर विद्यालयले उठाउने रोयल्टी बन्द गराएपछि शिक्षक विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका हुन् ।

bhumi-sanrakshyan

आन्दोलनमा उत्रिएका विद्यार्थीले प्ले कार्ड सहित विद्यालय माथिको हस्तक्षेप बन्द गर, गत बर्षको गिट्टी बालुवाको राजश्व सार्वजनिक गर, केही दिन अघि नगरपालिकामा पेश गरिएको ध्यानाकर्षण पत्रको सुनुवाई गर, विद्यालयमा आवश्यक दरबन्दी पुरा गर लगायतका नारा सहित प्रहरी चौकी रिम्ना घेराउ गरेको सहायक प्रधानाध्यापक रुद्रबहादुर वलीले बताए । मेयर चन्द्रप्रकाश घर्ती र प्रमुख प्रशासकिय अधिकृतलाई विद्यालयको समस्या बारम्बार अवगत गराएको र कम्तिमा एक जना गत बर्ष नै अनुदान दिएको कोटालाई निरन्तरता दिन आग्रह गर्दा पनि आलटाल पार्ने काम भैरहेको सहायक प्रधानाध्यापक वलीले गुनासो गरे ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्काले नगरपालिका सँग सल्लाह गरेरै हामीहरुले बालुवा गिट्टी संकलन गर्ने र रोयल्टी उठाउन सक्दैनौ भनेर भनेपछि हामीले आठ दश लाख उधारोमा लगानी गरेर बालुवा गिट्टी बेच्ने गरि नदी समेत डाईभर्सन गराएका हौ । अहिले पुलिस प्रशासन लगाएर रोक्ने काम भएको छ यो एकदमै दुखद कुरा हो । हामीलाई दरबन्दीको ब्यवस्था र विद्यालयका अन्य आवश्यकता पुरा गरिदिए भो । होइन भने यसबाट परिणाम राम्रो निक्लदैन यो जनताको चेतावनी हो अध्यक्ष खड्काले भने ‘विद्यालयको स्थानिय सरकारले स्थानिय स्रोत साधनमा आफ्नो कब्जा जमाउन खोजे विद्यालय संचालन तथा ब्यवस्थापन सवै जिम्मा लिए हामीलाई टाउको दुखाई छैन ।’

तर स्थानिय स्रोत साधनमा नरपालिकाको स्वामित्व र अधिकार हुने भएकोले हस्तक्षेप गरिएको नगरपालिकाले जनाएको छ । बालुवा गिट्टी रोयल्टीको टेण्डर भैसकेकोले अन्य ब्यक्ति वा संस्थाले निजी रुपमा कर संकलन गर्न नपाईने नगरपालिका स्रोतले स्पष्ट पारेको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya