प्रवाह संवाददाता । जाजरकोट
नेपाल रेडक्रसको स्थापना दिवसका अवसरमा जिल्ला सदरमुकाम खलंगाको थाप्लेचौरमा रहेका क्वारेन्टाइन र आइसोलेसनमा रहेका सर्वसाधारणहरुलाइ विभिन्न स्वास्थ्य सामाग्री तथा फलफुल वितरण गरिएको छ ।
५७ बर्ष अघि नेपाल रेडक्रस सोसाइटी स्थापना भएको दिनको सम्झना गर्दै रेडक्रस जाजरकोटले खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालय, भेरी ज्ञानोदय क्याम्पस र जाजरकोट अस्पतालमा निर्माण गरिएको क्वारेन्टाइन तथा आइसोसनमा रहेका ४३ जनालाइ शुक्रवार व्यक्तिगत सरसफाइमा प्रयोग हुने सामाग्रीहरु र फलफुल वितरण गरेको हो ।
क्वारेन्टाइनमा रहेका २१ जना र आइसोलनमा रहेका २२ जनालाइ प्रति व्यक्ति दुइ हजार ९ सय का दरले स्वास्थ्य सामाग्री र फलफुल वितरण गरिएको नेपाल रेडक्रस जाजरकोट सोसाइटी जिल्ला शाखाका सभापति हरिवहादुर वस्नेतले वताए । उनले प्रत्यक वर्ष भदौ १९ गते मनाइने रेडक्रस दिवसको अवसरमा रचनात्मक तथा सेवामुलक गतिविधिहरु गर्ने क्रममा यस वर्ष क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरुलाइ उक्त स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको वताए ।
सभापति वस्नेतले नेपाल रेडक्रस सोसाइटी जाजरकोटका पुर्व सभापति एवम केन्द्रिय सदस्य सनतककुमार कार्की, भेरी नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष लिलावहादुर शाह लगाएतका रेडक्रसक्रर्मीहरुको उपस्थितिमा रुमाल, सावुन, मन्जन, व्रस, मास्क, नङकट, झोला, लगाएतका सामाग्रीहरु वितरण गरिएको वताए । विभिन्न प्रकोप र महामारी तथा अन्य दुखमा परेका जनतालाइ साथ दिने भएकोले नै सवैले जहाँ दुख त्यहाँ रेडक्रस भन्ने नारा लोकप्रिय रहेको सभापति वस्नेतले वताए । सामग्री वितरण गर्न गएका रेडक्रसक्रर्मी र वडाध्यक्ष समक्ष त्रिभुवन माविमा क्वारेन्टाइनमा खानेपानीको निकै समस्या रहेको गुनासो गरेका थिए । वडाध्यक्ष लिलाबहादुर शाहले खानेपानी समस्या एक दिन भित्र समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।