स्वाब संकलन पछि घर फिर्ता !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगामा कोरोना परिक्षणका लागि स्वाव संकलन गरेकाहरुलाई रिपोर्ट नआउँदै घर पठाईएको छ । संकास्पदबाट पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएपछि रिपोर्ट नआउँदा सम्म क्वारेन्टाइनमा राख्नु पर्नेमा त्यसो नगरेर सिधै घर पठाउने गरिएको छ ।

रिपोर्ट कहिले आउने हो अनिश्चत छ । केही दिन अघि स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि पश्चिम रुकुमको चौरजहारी स्थित मिसन अस्पताल (कोरोना अस्पताल) पठाईएका २० मध्य १९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । विभिन्न सरकारी कार्यलयमा कार्यरत कर्मचारी र स्थानियमा कोरोना देखिएपछि उनीहरुको संम्पर्कमा रहेका तीन सय जनाको स्वाव संकलन गरेर सुर्खेत पठाईएको छ । स्वास्थ्य सेवा कार्यालय, भेरीनगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र नेपाली सेनाका गरी तीन सय जनाको स्वाव संकलन गरि सुर्खेत स्थित प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेशण प्रयोगशालामा पठाईएको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल ब्यक्ति कृष्णबहादुर खत्रीले बताए ।

मंगलवार पठाईएका ति स्वाबको रिपोर्ट आउन कम्तिमा १० दिन लाग्ने भएको छ । त्यतिवेला सम्म स्वाव संकलन गरिएकाहरु कसैको निगरानीमा छैनन् । होम क्वारेन्टाइनमा बस्नु भनिएको छ तर उनीहरु निर्वाध घुमफिर गर्ने र परिवारका अन्य सदस्य सँग हेलमेल गरिरहेका छन् । नतिजा आउँदा सम्म उनीहरुले अरु सयौ सँग सम्पर्कमा गैसकेका हुनेछन् । यदि पोजेटिभ भए अवस्था झन खतरा हुनेछ तर सम्बन्धित निकायले यस सम्बन्धमा निकै लापरवाही गरिरहेको भेरी नगरपालिका ४ का विष्णु भडेलले बताए । ‘संक्रमण देखिएको सदरमुकामका सवैलाई परिक्षण गरिनु पथ्र्यो त्यो पनि गरिएन जो जसले परिक्षण गराए उनीहरुलाई पनि नतिजा नआउँदा सम्म क्वारेन्टाइनमा राख्नु पथ्र्यो त्यो पनि भएन’ उनले भने ।

संक्रमित १९ जनालाई त्रिभुवन माविमा बनाईएको आईसोलेशनमा राखेर उपचार थालिएको छ । तर उनीहरु सँग सम्पर्कमा गएकाको कन्ट्रयाक टेसिङ्ग गर्नुपथ्र्यो त्यो पनि गरिएन । करीव पाँच सय बढी ब्यक्ति उनीहरुको सम्पर्कमा गएको आशंका छ तर संक्रमण भएकाहरुको परिवार तथा छिमेकको समेत परिक्षण नगरिनु निकै दुखद र लापरवाही हो भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले भने ‘कोरोना महामारीमा हेल्चक्रयाई गर्नु हुँदैन । स्थानिय सरकार र सम्बन्धित निकायले यस कुरालाई गंभिरतापुर्वक लिनु पर्छ ।’
सदरमुकाममा कोरोना संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले १५ भदौ सम्मका लागि निशेषज्ञा जारी गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad