कोरोना महामारी विरुद्ध समुदायमा जनचेतना

lagu ausadhi biruddha abhiyan jajarkot

सहदेव बस्नेत । जाजरकोट

समुदायमा कोरोना संक्रमण वाट बच्न र आफ्नो स्वास्थ्य तथा सरसफाईमा सवैले आआफ्नो तर्फवाट भुमिका निभाउनको लागि “हाम्रो स्वास्थ्य हाम्रो दायित्व” भन्ने आह्वानका साथ आज भेरी नगरपालिका १ राउतगाउँमा सचेतनामुलक र्यालीका साथै सरसफाई सम्पन्न गरिएको छ ।
अष्ट्रेलियन एड,कारितास अष्ट्रेलियाको कारितास नेपाल को सहयोगमा युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम अन्तरगत भेरी नगरपालिका वडा नं १ को कार्यालय सँगको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रमको आयोजना शहिद स्मृति युवा क्लव जाजरकोट र ढाँकाशैना युवा क्लव भेरी नगरपालिका १ कोल्चौर मार्फत गरिएको थियो ।
उक्त कार्यक्रममा भेरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष दीपक रानाले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका ले तिव्र रुप लिदै गएपछि यसको शंक्रमण बाट बच्न समुदाय स्वस्फर्त रुपमा जुट्नु पर्ने आवस्यक रहेको बताउनु भयो । सवै कुरा सरकारको मात्रै मुख नताकेर आफुले आफ्नो गाउँसमाजको लागि स्वंभुमिका खेल्नु पर्छ भन्ने कुरालाई यस सरसफाई अभियानमा समुदायवाट भएको सहभागिताले देखाएको अध्यक्ष रानाको भनाई रहेको थियो ।

त्यसै गरि यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले समुदायमा जागरण तथा सचेतना फैलाउनको लागि युवाहरुको महत्वपुर्ण भुमीका रहेकाले युवाहरुले यस खाले अभियानको आयोजना गर्नु सराहनिय रहेको बताउनु भयो ।
सहभागिहरुले सवै समुदायको सहभागितामा गाउँमा सडक तथा घर आँगनमा रहेको फोहोरमैला संकलन गर्नुको साथै सवैलाई आआफ्नो घरको फोहोर आफैले व्यवस्थापन गर्न आहवान गरिएको थियो । आफ्नो गाउँ समुदाय मा सरसफाई अभियान सन्चालन गरि त्यसमा युवाहरुको सक्रिय सहभागिताको लागि आफ्नो क्लव सँधै लागि पर्ने शहिद स्मृति युवा क्लवका अध्यक्ष प्रेम बिक ले बताउनु भयो । त्यसै गरि कार्यक्रममा भेरी नगरपालिकाका कार्यपालिका सदस्य बीर बहादुर बादी,नेकपा का १ नं वडा अध्यक्ष मनीराम परियार,ढाँकाशैना शान्ति युवा समुहका अध्यक्ष हस्तबीर नेपाली ले आफ्नो धारणा राख्दै यस्ताखाले कार्यक्रमललाई समुदायमा निरन्तर रुपमा सन्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

उक्त सरसफाई अभियानमा युवा क्लवका प्रतिनिधिहरु,राजनैतिक दलका प्रतिनिधि, भेरी नगरपालिका वडा नं १ का जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु ,सुरक्षाकर्मी,टोलसुधार समिति,आमासमुह को सहभागिता रहेको यार्सन जाजरकोटका शान्ति ससजकर्ता धर्मराज परियारले बताउनु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad