प्रवाह संवाददाता । जाजरकोट
नेपाली काँग्रेसको वौद्धिक शुभेच्छुक सँस्था सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटले जिल्ला कार्यसमिति र सल्लाहकार नियुक्ती सँगै संस्थाले पुर्णता पाएको छ ।
केन्द्रको विधान २०७१ अनुसार जिल्ला संयोजक जनक केसीले समितिका पदाधिकारी र सदस्यहरुको जिम्मेवारी तोक्दै समितिलाई पुर्णता दिएका हुन् । विस्तार गरिएको समितिमा सह सयोजकमा रेश्माखत्री, सचिवमा पारसविक्रम केसी र कोषाध्यक्षमा रीता पुनले जिम्मेवारी पाएका छन् ।
यस्तै सदस्यहरुमा राजवहादुर सिंह, किशोरकृष्ण भन्डारी, दिनेशकुमार सिंह, चन्द्रवहादुर वुढा, रेखाशाह, धनसरा सिंह शाही , डा.अमीन शाह मनोहर थापा अमला काकी, धनवहादुर विके र आशाकार्की शाह रहेका छन् । ५ सदस्यीय सल्लाहाकारमा केदारवहादुर शाह, भीमवहादुर सिंह, राजेन्द्र कार्की, खम्वजंग शाह र जनकवहादुर सिह रहेका छन् ।
जिल्ला संयोजक केसीका अनुसार सनतशर्मालाइ भेरीनगरपालिका, वीरवहादुर खत्रीलाइ नलगाडनगरपालिका, वद्रीनाथ योगीलाइ छेडागाडनगरपालिका,सुरेन्द्र सिंहलाइ वारेकोटगाउँपालिका, सुरेन्द्रवहादुर सिंहलाइ जुनीचाँदे गाउँपालिका, पुर्णप्रसाद रेग्मीलाइ शिवालयगाउँपालिका, र मदनआरसीलाइ कुशे गाउँपालिकाको संयोजक तोकिएको छ ।
जिल्ला र पालिकाका समितिहरुले पुर्णता पाएपछि आगामी कार्यक्रमहरु र अन्य गतिविधिहरुका वारेमा कार्य योजना तयार पारिने संयोजक केसीले वताए । उनले लोकतान्त्रिक समाजवादका चरित्रहरु, विशेषताहरु र यसका आयामहरुका वारेमा तल्लो स्तर सम्मै छलफल गर्ने गरि संयन्त्र र योजनानिर्माणको तयारीमा आफुहरु रहेको वताए । जिल्लाका सातै स्थानीय तहवाट प्रतिनिधित्व हुने गरि जिल्ला समिति निर्माण गरिएको उनको भनाइ छ ।