बाढीपहिरो प्रभावित बारेकोटमा भोकमरी !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

बारेकोट ४ सार्कीटोलका करे सार्कीले पेटभरी खान नपाएको धेरै दिन भैसक्यो । पहिरोले घर पुरिदिएपछि विस्थापित भएको उनले त्यतिवेला देखि नै न त पेटभरी खान पाएका छन् न राम्रो सँग निद्रा नै परेको छ । उनको घरमा खाने अन्न छैन । ६ जनाको परिवार भोकमरीको पिडामा परेको छ
। ठुलो पानी पर्दा अहिले पनि उनी निकै त्रसित हुन्छन् गाँउ नै बगाउँछ कि भन्ने लाग्छ उनले भने ‘राम्रो सँग नसुतेको र नखाएको तीन हप्ता भैसक्यो ।’ आफु सँग पैसा पनि छैन । पैसा भएपनि किनेर खाने अन्न पाइदैन उनले समस्या सुनाउँदै भने नयाँ बाली नपाकेको, खाद्य डिपोमा चामल नभएको र गाँउमा मौज्दात अन्न सकिएपछि भोकमरीको अवस्था देखिन थालेको छ । खानेकुरा नहुँदा भोकभोकै बस्नु पर्ने अवस्था आएको छ ।’राहत पाउला भन्ने आसमा थियौ तर अहिले सम्म राहत पाईएन उनले गुनासो सुनाउँदै भने ‘हाम्रो पिडा सुनिदिने कोही भएन ।’ उनी मात्र होइन धेरै विस्थापित परिवार भोकभोकै बस्न बाध्य छन् । बारेकोटमा भोकमरी देखिन थालेको छ ।
बारेकोट गाँउपालिकाका अनुसार गत २५ असारमा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको मृत्यु भएको छ । बारेकोटका विभिन्न वडामा गएको पहिरोमा परि अझै तीन जना बेपत्ता छन् । बाढीपहिरोको कारण एक हजार ५५ परिवारका ६ हजार पाँच सय सात जना विस्थापित भएका छन् । ५६ घर भत्किएका छन् ।

पहिरो प्रभावित बारेकोटमा चरम खाद्य संकट परेको छ । बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् । खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका छन् । घरमा भएको अन्न सकिएपछि आफुहरु निकै समस्यामा परेको पिडित परिवारको भनाइ छ ।
बाढी पहिरोको त्रासले विस्थापित भएर स्थानिय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । तर धेरै परिवार सँग खाने अन्न छैन । बारेकोटमा किनेर खाने खाद्यन्न पनि पाईदैन । किन्ने खाद्य पनि नपाईएपछि विस्थापितहरु भोकभोकै पर्न थालेको स्थानिय शिक्षक गोरखबहादुर सिंहले बताए । बारेकोट गाँउपालिकामा उत्पादित अन्नले बर्षदिनमा ५÷६ महिना मात्र खान पुग्छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्र खाद्य पसल छैनन् । मानिसहरु खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् तर खाद्य डिपो दुई महिना देखि रित्तै हुँदा समस्या भएको हो ।


बर्षात रोकिएको छैन । विस्थापित सवै परिवार राहतकै पर्खाईमा छन् तर अहिले सम्म कतैबाट सहयोग भएका छैनन् ।
बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका मानिस विस्थापित भएर स्थानिय विद्यालयमा बसिरहेको स्थानिय डम्बर बहादुर सिंह भने ‘विस्थापित परिवार सँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किनेर खाने बजार छैन । नयाँ बाली पाकेको छैन । बाटोघाटो अवरुद्ध छ । यतिवेला बारेकोटी जनता निकै समस्यामा छन्’

बारेकोटका बाढीपहिरो पिडित सँग खानेकुराको अभाव भएपछि विश्व खाद्य कार्यक्रमले निकै समस्या परेका परिवारलाई पोशिलो विस्कुट वितरण गर्न थालेको छ । विश्व खाद्य कार्यक्रमले खाद्यन्न समेत पिडित परिवारलाई दिने तयारी गरेपनि ढुवानी समस्याले गर्दा समस्या देखिएको गाँउपालिका अध्यक्ष शाहले बताए । उनले केही समय भित्रै बारेकोटमा देखिएको भोकमरीको समस्या समाधानका लागि खच्चडबाट भएपनि खाद्यन्न ढुवानी गर्ने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad