राजेन्द्र कार्की । जाजरकोट
घर नजिकैको पाखोमा बाख्रा चराउन गएका जाजरकोट भेरी नगरपालिका—७ दोकानाका एक बालक पहिरोमा पुरिएर बेपत्ता छन् ।
अर्का बालक घाइते भएका छन् । बाख्राको गोठालो गरिरहेको बेला एक्कासी आएको सुख्खा पहिरोले धनवीर परियारका १२ बर्षिय छोरा खिमबहादुर परियारलाई पुरेको जिल्ला प्रहरी प्रमुख किशोर श्रेष्ठले बताए । उनी सँगै गोठालो गएका मोतिलाल वि.क.का छोरा १२ बषिय प्रदिप वि.क. पहिरोमा परेर गंभिर घाइते भएका छन् ।
उनको हात भाँचिएको छ भने टाउकोमा चोट लागेको छ । घाईतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ । घाइते प्रदिपलाई तत्काल स्थानियले उद्धार गरेपनि खिमलाल भने अझै बेपत्ता छन् । पहिरोमा पुरिएका बालकको खोजी भैरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए । पहिरो ठुलो भएकोले पुरिएका बालक निकाल्न कठिन भएको उनले बताए ।