April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

जंगलमा महिलाको शव फेला

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगा नजिकैको जंगलमा मृत अवस्थामा एक महिलाको शव फेला परेको छ ।

भेरी नगरपालिका ३ स्याँलाकि ४५ बर्षिय दुर्पती विश्वकर्माको शव विहिवार राती गाँउ नजिकैको जंगलमा फेला परेको हो । उनको टाउको र गर्धनमा समेत घरेलु हतियारको चोट रहेको र शवको प्रकृति हेर्दा हत्या गरेर जंगलमा फालिएको देखिन्छ । घटना संकास्पद भएकाले प्रहरीले अनुसन्धान थालिसकेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठले बताए । तर हाल सम्म प्रहरीले एक जनालाई पनि पक्राउ गर्न सकेको छैन ।

मृतक द्रुर्पतीका पति पदमबहादुर विश्वकर्माले आफु घरमा नभएको मौका छोपी पत्नीको हत्या गरिएको बताए । उनका अनुसार आफ्नो बारी हुँदै सडक खन्ने विषयमा स्थानिय गाँउलेहरु सँग दुर्पतीको विवाद थियो । सडकले धेरै जग्गा मास्ने भन्दै लिन नदिने अडानमा दुर्पति हुँदाहुँदै जर्वजस्ती सडक खनिएको थियो । सोही विषयमा धेरै गाँउले सँग विवाद भएका कारण उनले केही समय अघि स्थानिय प्रशासन सँग सुरक्षा माग समेत गरेकी थिइन । पदमबहादुर दोस्रो पत्नी सँग अर्को घरमा बस्ने भएकोले उनी घरमा एक्लै बस्थिन ।
केही दिन अघि सोही गाँउका एक पुरुषको पनि संकास्पद मृत्यु भएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad