बारेकोटका पहिरो पिडित परिवारलाई गैरखाद्य सामग्री प्रदान

lagu ausadhi biruddha abhiyan jajarkot

बद्री पन्त । जाजरकोट

जाजरकोटको बारेकोटका बाढीपहिरो पिडित परिवारलाई गैरखाद्यसामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस, केयर नेपाल र पहाडी क्षेत्र विकास अभियानले प्रदान गरेको गैरखाद्य राहत सामग्री पिडित परिवारहरुलाई वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले उपलब्ध गराएको ती सय ७५ थान त्रिपाल र तीन सय ५० थान कम्बल गाँउपालिकाले पिडित परिवारलाई वितरण गरेको हो । त्यस्तै, केयर नेपाल र पहाडि क्षेत्र विकास अभियानको समन्वयमा उपलब्ध गराईएका तीन सय ४५ सेट गैरखाद्य सामग्री कम्बल, त्रिपाल, बाल्टीन, म्याट, सरसफाइ सामाग्री पनि पिडित परिवारलाई वितरण गरिएको छ । रेडक्रस जाजरकोट शाखाका मन्त्री धिरेन्द्र शाहले उक्त गैरखाद्य सामग्री गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेका थिए ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदीप जंग शाहले गाँउपालिकालाई राहत सामग्री प्रदान गरेका थिए । भौगोलिक विकट्ता लगाएत कारणले गर्दा ढुवानी गर्न निकै कठिन भएकोले तत्काल सामग्री पठाउन नसकिएको रेडक्रस मन्त्री शाहले बताए । राहत सहयोग पाएपछि पिडित परिवार हर्षित भएका छन् । तर विस्थापित परिवारले आफुहरु सँग खाने अन्न सकिएको भन्दै खानेकुराको सहयोग गर्न माग गरेका छन् ।

बारेकोटले बेलाबेला विपतको सामना व्यहोर्दै आएको बताउँदै दुख परेको समयमा सबैले सहयोग गरेको भन्दै अध्यक्ष शाहले न्यबाद दिए । पहिरो पिडितका लागि युनीसेफ नेपालले गैरखाद्य सामग्री उपलब्ध गरि सकेको छ । बिश्व खाद्य कार्यक्रमले २ महिना पुग्ने गरी ७ सय ५० घरपरिवारलाई खाना पुग्ने चामल, दाल र तेलको व्यवस्था गर्न लागेको अध्यक्ष शाहले जानकारी दिए । बिश्व खाद्य कार्यक्रमले दुई तिन दिन भित्रमा पुग्ने गरी हाइइनर्जी अर्थात उच्च क्वालीटीको विष्कुट विस्थापित परिवारलाई उपलब्ध गर्न लागेको छ, अध्यक्ष शाहले भने ।
गत असार २५ गते गएको पहिरोको कारण हाल तीन सय ३४ घरपरिवार विस्थापित भएका छन् ।

पहिरोले ५५ घर पुर्णरुपले क्षेती ग्रस्त वनाएको छ । १ हजार ५५ घरपरिवार बाढीपहिरोबाट प्रभावित भएका छन । सयौं हेक्टरमा जमिनमा लगाएको मकैबाली, धान खेती नष्ट गरेको छ । एक गाउँबाट अर्कोगाउँ जानेआउने बाटो समेत बन्द भएको छ । पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल टाँगेर बसेका छन् । बारेकोटमा बाढीपहिरोबाट ३५ करोड बढीको क्षती भएको गाउँपालिकाले जनाएको छ । पहिरोले ११ जनाको ज्यान जानुको साथै ३ जना अँझै वेपत्ता छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad