गाँउपालिकाले गरयो हेलिकोप्टरबाट विरामीको उद्धार
राजेन्द्र कार्की
जाजरकोट १२, साउन
जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीमा विसालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ । सात जना सिकिस्त विरामी परेका छन् ।
स्थानिय जनक चलाउनेकी ३ बर्षीया छोरी अञ्जना चलाउनेको मृत्यु भएको छ । उपचारका लागि स्थानिय स्वास्थ्य संस्थामा लैजादै गर्दा अञ्जनाको मृत्यु भएको हो । ५० बर्षीय टेकबहादुर चलाउने, ३० बर्षीय ललित चलाउने, ३० बर्षीय कल्पना चलाउने, ९ बर्षीय नीरुता सिंह, १२ बर्षीया धनसरा चलाउने तथा १४ बर्षीय औसरा चलाउने सिकिस्त बिरामी परेको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिए । उनीहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाईएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ तीन घरका परिवारले खाएका थिए । उनीहरुको टाँपुचौरको निजी मेडिकलमा उपचार भइरहे पनि उपचार सफल नहुदा गाउँपालिकाले निजि खर्चमा हेलिकप्टरबाट उद्धार गरेको अध्यक्ष बस्नेतको भनाई छ ।

Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा घरमाथिबाट पहिरो सँगै खसेको ढुङ्गा लागेर दुई
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
डिभिजन बन कार्यालयमा रक्सी पार्टी प्रमुखमाथि जनगुनासोको मुस्लो जाजरकोटमा बन प्रमुख अमर प्रसाद शाहद्वारा कार्यालयको
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोटका तीन जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरिएको छ ।
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट बर्षेनी धान दिवसमा सरकारी पक्षबाट निकै तामझाम हुने गरेपनि कर्णालीमा करीब
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
आमा –कविता पार्वती थापा, कर्तब्यको भारीसङगै मलाई काँधमा बोक्दा बोक्दा फाटेका जुत्ता अनि च्यात्तिएका कपडा
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट बिसालु सर्पले टोक्दा जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ । भेरी