‘कुकाठ’लाई काँधमा राखेर बैतर्नी तर्ने धृष्टता नगर्न काँग्रेसलाई मेयरको आग्रह

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता जाजरकोट ।
छेडागाड नगरपालिका जाजरकोटका नगरप्रमुख तथा नेकपाका नेता लाल बहादुर महताराले नेपाली काँग्रेस जाजरकोट र काँग्रेस सम्बद्ध भातृ संस्थाले छेडागाड नगरपालिका ११ का दीपाराम जैसी जस्तो कुकाठलाई काँधमा राखेर बैतर्नी तर्ने धृष्टता नगर्न काँग्रेसलाई आग्रह गरेका छन् ।
नगरप्रमुख महताराले एक विज्ञप्ति प्रकाशित गरि नेपाली काँग्रेस जिल्ला देखि प्रदेश हुँदै उसका भातृ संगठनले दिपाराम जैसीको सम्बन्धमा प्रसारित गरेको विषय प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । कसैको व्यक्तिगत कमजोरीलाई राजनीतिक रंग दिनु उपयुक्त नहुने सिद्घान्तको पक्षपोषण गर्दछु । राजनैतिक रुपमा काँग्रेसको आत्माआलोचनात्मक सम्मान गर्ने मेरो स्वाभावले खेप्नु परेका अवान्छित प्रहारका विरुद्ध कलम चलाउनु पर्ने बाध्यात्मक स्थितिलाई आत्मसात गरेको छु । यसलाई कसैले फेरी मेरो आत्ममाअभिमान नसम्झोस उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले छेडागाड नगरपालिका वडा नं ११ नेपाली काँग्रेसका वडा सभापति भनेर प्रचारमा ल्याइएका दिपाराम जैसी जस्तो कुकाठलाई काँधमा राखेर बैतरणी तर्ने धृष्टता काँग्रेस पार्टीलाई सुहाउछ कि सुहाउदैन ? विद्यालयको निर्माण सामग्री अरु कसैको बाट लिएको झोकमा लुटेर कब्जा गर्नु र निर्माणमा अवरोध गर्नु न्यायोचित मान्न सकिन्छ सकिदैन भनि प्रश्न समेत गरेका छन ? विद्यालयको निर्माण सामग्री अरु कसैको बाट लिएको झोकमा सामग्री लुटेर कब्जा गर्नु र निर्माण कार्यमा अवरोध गर्ने धृष्टता के न्यायोचित मान्न सकिन्छ ? तीन पटक सम्म सहमतिय रुपमा कार्य गर्न अनुरोध गर्दा पनि वेवास्ता गर्ने दीपारामलाई उल्टै राजनैतिक संरक्षण गर्ने ? गलतलाई गलत भन्न सिक्नुहोस । सहीलाई सही । ब्यक्तिगत सम्पतिमा त आँखा लगाउन पाईदैन भने सार्वजनिक सम्पतिमा हात हाल्नु सामाजिक न्यायको सिद्धान्त अनुरुप छ ? विज्ञप्तीमा अगाडी भनिएको छ आफु विराउने अरुलाई तिराउने सिद्धान्त मान्न के नेपाली काँग्रेस तयार छ ?

नगरप्रमुख महताराले विज्ञप्तिमा भनेका छन ‘म नेपाली काँग्रेस लाई यो चुनौति दिन चाहान्छु, यस विषयलाई साच्चै सवालको रुपमा उठाओस्, सामाजिक बनाओस्, न्यायोचित बनाओस्, सामाना गर्न तयार छु र परी आए व्यहोर्न तयार छु । काँग्रेसले दिपाराम जैसीको बारेमा प्रचार गरेको विषयको अध्ययन गर्दा एकातिर राजनीतिक प्रतिशोधको एक रुप देखियो भने अर्कोतिर कमजोरी ढाक्ने असफल प्रयास गरेको देखियो ।’

छेडागाड नगरपालिकामा काँग्रेसले राजनीतिक मुद्दा नभेटेपछि यो मुखको तितो फेराई मात्र गरेको उनले विज्ञप्तिमा भनेका छन । लुटपाट क्रियाकलाप गर्ने दिपाराम जैसीको अन्ध पक्षपोषण गरेर राजनीतिक शाख नगिराउन र सार्वजनिक अपमानको ओइरो लगाउने हर्कत नगर्न काँग्रेसलाई आग्रह गरेका छन ।
यस अघि नेपाली काँग्रेस र उसका भातृ संगठनहरुले विज्ञप्ती प्रकाशिति गरि नेपाली काँग्रस छेडागाड नगरपालिका वडा नम्बर ११ का वडा सभापति दीपराम जैसी र उनकी पत्नी लाई मेयरकै संलग्नतामा कुटपिट भएको भन्दै कारवाहीको माग गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad