राजेन्द्र कार्की । जाजरकोट
पहिरो प्रभावित बारेकोटमा खाद्य संकट परेको छ । बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् । खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका छन् । घरमा भएको अन्न सकिएपछि आफुहरु निकै समस्यामा परेको बारेकोट, सिनचौरका मानबहादुर नेपालीले गुनासो पोखे । गत २६ गते देखि स्थानिय कालिका प्राविमा बसेका छौ । विद्यालयको छाना चुहिन्छ । खाने अन्न छैन । घरमा भएको अन्न पिस्ने घट्ट खोलामा आएको बाढीले बगायो । के खाएर बाँच्ने हो उनले भने ‘यस्तै अवस्था केही दिन रहे भोकैले मरिएला भन्ने डर छ ।’
बाढी पहिरोको त्रासले पाँच सय बढी परिवारहरु विस्थापित भएर स्थानिय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । तर उनीहरु सँग खाद्यान्न सकिदै गएको छ । बारेकोटमा किनेर खाने खाद्यन्न पनि पाईदैन । किन्ने खाद्य पनि नपाईएपछि विस्थापितहरु भोकभोकै पर्न थालेको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । बारेकोट गाँउपालिकामा उत्पादित अन्नले बर्षदिनमा ५÷६ महिना मात्र खान पुग्छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्र खाद्य पसल छैनन् । मानिसहरु खाद्य संस्थानको चामलमै भर पर्ने गरेका छन् तर खाद्य डिपो महिना दिन देखि रित्तै हुँदा समस्या भएको हो ।
बर्षेनी खाद्य संकट भैरहने जाजरकोटको बारेकाटका करीव २० हजार बासिन्दाका लागी भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिवेला रित्तै छ । बारेकोटमा खाद्य संकट दिनहुँ चुलिदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ । बारेकोटको खाद्य संकट टार्न सरकारले नेपाल खाद्य संस्थानलाई चालु आर्थिक बर्षमा थप सहित तीन हजार पाँच सय क्वीन्टल चामलको कोटा निर्धारण गरेको छ । उक्त चामल ढुवानीका लागी सरकारले अनुदान दिदै आएको छ । तर आर्थिक बर्ष सकिदा पनि चामल ढुवानीको जिम्मा लिएका एन वि विल्डर्सका प्रतिनिधी मानबहादुर खड्काले दुई हजार चार सय ४२ क्वीन्टल मात्र चामल ढुवानी गरेका छन् । एक हजार ५८ क्वीन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य संकट परेको हो । ‘गाँउमा खाद्यन्नको अभाव छ । ठेकेदारले चामल ढुवानी गदैनन् । गाँउमा उत्पादन भएको अन्न सकियो । पसल छैनन् । डिपो रित्तै छ, के किनेर खाने ?’ विस्थापित बारेकोट गाँउपालिका १ धौलाकोटका टेकेन्द्र नेपालीले भने—‘ सरकार हाम्रो समस्या पनि सुनिदेउ । हामी त साह्रै समस्यामा पर्यौ’ ।
केही हुनेखाने बाहेक यतिवेला बारेकोटका सवै घरमा खाद्य संकट छ । लेकाली र भिरालो जमिन भएकाले अन्न उत्पादन पनि खासै हुँदैन । त्यहाका बासिन्दा सधै खाद्य संस्थानकै चामलमा निर्भर छन् । विस्थापित परिवारमा मात्र होइन । विस्थापित नभएका परिवार सँग पनि खाद्य मौज्दात छैन ।
विस्थापित परिवारहरु विपन्न बर्गका छन् । लकडाउनकै कारण धेरै मानिसहरु गाँउ फर्किएका छन् । रोजगारीका अवसर छैनन् । त्यही माथि पहिरोले बारेकोटका विभिन्न गाँउ तथा बस्तीहरु छियाछिया परेका छन् । मानिसहरु कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । बर्षात रोकिएको छैन । विस्थापित सवै परिवार राहतकै पर्खाईमा छन् तर अहिले सम्म कतैबाट सहयोग भएका छैनन् ।
बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउकम केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ । गाँउपालिका एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन । विस्थापितलाई खान बस्नको लागि निकै समस्या छ । तर प्रदेश सरकार र संघिय सरकार गंभिर भएनन् । बारेकोटवासीलाई परेको विपत्तीमा अहिले सम्म सहयोग पाईएन उनले गुनासो गदै अन्नपुर्ण सँग भने ‘यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ । राहत सामग्रीका लागि हवाई मार्ग बाहेकको विकल्प छैन । तर केन्द्र सरकार सुन्दैन । बारेकोटका एक गाँउबाट अर्को गाँउ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ५÷६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको हो ।’
बारेकोटमा प्रहरीको सञ्चार सेटले समेत काम नगरेपछि थप समस्या भएको छ । मन्त्रीहरु, साँसदहरु हेलिकोप्टरमा बाढीपहिरो प्रभावितको हवाई निरीक्षण गरेर फर्कन्छन तर हामीले अहिले सम्म एउटा त्रिपाल र कम्मल समेत पाउन सकेका छैनौ बारेकोट ५ कालाखोलीका दलबहादुर थापाले भने ‘न खाने खास छ न ओत लाग्ने ठाँउ छ । विद्यालयको चुहिने छाना मुनि रात काट्न विवस छौ ।’
विस्थापित परिवार सँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किनेर खाने बजार छैन । बाटोघाटो अवरुद्ध छ । यतिवेला बारेकोटी जनता निकै समस्यामा छन् । तत्काल सरकारले खाद्यन्न लगायतका राहत सामग्री पठाउनुपर्छ । बारेकोटमा यतिवेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन ।
पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिदा पहिरो जाने डरले घर छोडेका स्थानियहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन् । धेरैजसो विस्थापितहरु स्थानिय विद्यालयमा बसिरहेका छन् । उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् । तर त्रिपाल नहुँदा कोरोना लगायतको जोखिम मोलेरै सयौको संख्यामा कोेचिएर बस्न विवस भएको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताईन । केही दिनमै खाद्यन्न ल्याउन नसके विस्थापितहरु भोकभोकै पर्ने अवस्था रहेको उनको भनाई छ । उनले ‘हेलिकोप्टरबाट तत्काल खाद्यन्न लगायतका राहत सामग्री पठाउन केन्द्र सरकार सँग माग गरिन ।’
गत असार २५ मा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको ज्यान गएको छ भने एक जना अझै पहिरोमा बेपत्ता भएका छन् । बेपत्ता फेला नपरेपछि खोजीका लागी गएका नेपाली सेना र शसस्त्र प्रहरी टोली सदरमुकाम फर्किसकेको छ । त्यस्तै बारेकोट ६ धुमाखोलाले बगाउँदा बेपत्ता दुई जना पनि अझै फेला पर्न सकेका छैनन् ।