जाजरकोटमा ३७ प्रतिशत मात्र विकास खर्च, काटिसकेका चेक दिन मोलमोलाई

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा आर्थिक बर्ष २०७६÷७७ मा संघिय सरकारबाट प्राप्त पुँजीगत तर्फको ३७ प्रतिशत बजेट मात्र खर्च भएको पाईएको छ । समयमा बजेट निकासा नहुँनु, लामो समय देखिको लकडाउन, कामको सम्झौता गरेपनि समयमा काम नुहँदा ठुलो मात्रामा बजेट खर्च हुन नसकेको हो ।
संघिय सरकारको पुजीगत तर्फको ८६ करोड १२ लाख ६५ हजार मध्य ३२ करोड २८ लाख ३४ हजार अर्थात ३७ दशमलब ४८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यस्तै प्रदेश सरकारको पुजीँगत अनुदान तर्फ एक अर्ब ४८ करोड ५७ लाख ४७ हजार ७ सय १६ रुपैया मध्य ८८ करोड ७३ लाख ५६ हजार ९ सय रुपैया अर्थात ५९ दशमलब ७२ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटले बुधवार गत आर्थिक वर्षको संक्षिप्त प्रारम्भिक आर्थिक वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सार्बजनिक प्रतिवेदन अनुशार जाजरकोटका सात स्थानीय तह र सरकारी कार्यालय गरि आ.व. ७६।०७७ को बजेट कार्यान्वयन सम्वन्धी प्रारम्भिक वार्षिक प्रतिवेदनमा पुजिगत तर्फ खर्च निकै कम भएको देखिएको छ ।
त्यस्तै संघ तर्फको चालु वजेट ३ अरव ६५ करोड १२ लाख २४ हजार ६ सय नौ रुपैया पैसा २५ मा चालु खर्च ३ अरव , ४९ करोड १३ लाख ८४ हजार ७सय ५७ रुपैया अर्थात ९५ दशमलब ६२ प्रतिशत खर्च भएको छ । जिल्लामा राजस्व तर्फ ३० करोड ५९ लाख ७० हजार ७ सय ७२ रुपैया ९० पैसा विभिन्न शिर्षकमा राजश्व संकलन भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश तर्फको चालु तर्फ ७५ करोड ६८ लाख २ हजार मध्य ४९ करोड ७० लाख ६२ हजार ७ सय ४४ रुपैया अर्थात ६५ दशमललब ६८ प्रतिशत खर्च भएको छ ।
प्रदेश तर्फ ९४ लाख ५७ हजार ५ सय ९९ रुपैया मात्र आम्दानी भएको कोष तथा लेखा नियन्त्रक याम वहादुर थापा मगरले जानकारी दिए । कतिपय कार्यालयले बजेट सक्न आर्थिक बर्षको अन्तिम दिन मंगलवार राती १२ बजे सम्म पनि चेक काटेका थिए । केही कार्यालयले चेक काटेर कार्यालयमै राखेका छन् । कतिपयले काम सम्पन्न नभएपनि चेक काटेको र काम सम्पन्न गरेपछि मात्र भुक्तानी दिने जनाएका छन् तर काम सम्पन्न भएको विलभरपाई भने पेश भैसकेको छ । कतिपय कार्यालयका लेखापाल र हाकिमले कमिसनमा कुरा नमिलेका कारण चेक नदिएर आफै सँग राखेका छन् । उनीहरुले मोलमोलाई गरिरहेको एक उपभोक्ता समितिका अध्यक्षले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya