काँग्रेस नेता कुटपिटमा संलग्नलाई कारवाहीकोे माग

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

नेपाली काँग्रेस छेडागाड नगरपालिका वडा नम्बर ११ का सभापति दिपाराम जैसी र उनकी धर्मपत्नी कालिका जैसी माथि गत असार २९ गते गरिएको आक्रमण प्रति नेपाली काँग्रेसको गंभिर ध्यानाकर्षण भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ ।

नेपाली काँग्रेसका जिल्ला सचिव खड्क विसी द्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको निन्दा एवं भत्र्सना गरिएको छ । ‘जनताको जिउधनको सुरक्षा गर्नुका साथै विधिको शासनको प्रत्याभुति गराउने अहम जिम्मेवारी बोकेका छेडागाड नगरपालिकाका नगरप्रमुख र समाज परिवर्तनका संबाहक ठानिने शिक्षकहरुले जाँडरक्सी खाएर सत्ता संचालनको उन्मादबाट मात्तिएर प्रहरीकै अगाडी सुनियोजित रुपमा ज्यान लिने उद्देश्यले गरिएको आक्रमण प्रति नेपाली काँग्रेस घोर भत्र्सना गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।

‘जनताको करबाट प्राप्त बजेट मनपरी रुपमा कार्याकर्तालाई बाँड्दै कमिसनमा बाँचेका नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुका पाईला पाईला पिच्छेका भष्टाचारका दृष्टान्त नेपाली काँग्रेस सँग रहेको उल्लेख गदै घटनामा प्रत्यक्ष संलग्न नेकपाका नेता एवं छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतारा, बाल मावि झाप्राका प्रअ कमलराज बस्नेत र सोही विद्यालयका शिक्षक पृथ्वीबहादुर सिंह लगायतका दोषीहरुलाई कानुन बमोजिम कडा कारवाहीको माग गरिन्छ’ विज्ञप्तीमा भनिएको छ ।

सत्ताको उन्मादमा न्याय प्रभावित एवं घटनालाई ढाकछोप गर्न नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हस्ताक्षरित विज्ञप्ती प्रति पनि नेपाली काँग्रेसले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । यसरी विभिन्न बहानामा दोषीलाई उम्काउन खोजिए र पिडितले न्याय नपाए नेपाली काँग्रेसले जस्तो सुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिइएको छ ।

तर नगरप्रमुख महताराले घटनामा आफ्नो संलग्नता नरहेको जनाएका छन् । ‘कुटपिट कसैले गरेको छैन नक्कली घाईते बनाएर अतिरञ्जित गरिएको छ । समान लुटने छुट कसैलाई छैन’ उनले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad