मनकारी घरवेटी जसले तीन महिनाको ३६ हजार घरभाडा छुट गरे

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका एक मनकारी घरबेटी जसले तीन महिनाको घरभाडा छुटगरिदिएका छन् । भेरी नगरपालिका ४ का महेश चौधरी र मुना चौधरी दम्पतिले लकडाउन अवधीको तीन महिनाको ३६ हजार घरभाडा नलिने निर्णय गरेका छन्  ।

उनको घरमा मालिका कलेज अफ इन्फरमेसन टेक्नोलोजीको कार्यालय राखिएको छ । उक्त कलेजले घरभाडा वापत मासिक १२ हजार तिर्ने गरेको छ । चैत्र देखि जेठ सम्मको तीन महिनाको घरभाडा नलिने घरबेटीले निर्णय गरेको संचालक हेमन्तकुमार खत्रीले बताए । खत्रीले मनकारी घरवेटीलाई सामाजिक सञ्जाल मार्फत धन्यबाद दिदै खुसी ब्यक्त गरेका छन् ।

घरवेटी चौधरीले लकडाउनको अवधीमा कलेज बन्द रहेका कारण आफुहरुले मानवीयताका आधारमा घर भाडा नलिने निर्णय गरेको बताए । उनको कार्यको सर्वत्र प्रशंसा हुन थालेको छ । महेश युवा अभियान्ता एवं समाजसेवी हुन भने मुना एक विद्यालयकी शिक्षिका हुन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad