क्वारेन्टाइनमा बसेकालाई कारितासको स्वास्थ्य सामग्री सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

बासुदेव शर्मा । जाजरकोट

कोरोना संक्रमण महामारीका कारण रोजगार गुमाएर भारत तथा तेस्रो मुलुकवाट घर फर्केर भेरी नगरपालिकामा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई कारितास नेपाल ले यार्सन जाजरकोट मार्फत उपलव्ध गराएको स्वास्थ्य तथा सरसफाइका सामाग्रीहरु मंगलबार बितरण गरिएको छ ।

अष्ट्रेलियन एड, कारितास अष्ट्रेलियाको आथिक सहयोगमा कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा सन्चालन भइरहेको नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम (एनएलआरपी) ले भेरी नगरपालिका सँगको समन्वयमा उक्त सामाग्रीहरु उपलव्ध गराएको हो ।

कारितास नेपालको जिल्ला स्थीत साझेदार संस्था यार्सन जाजरकोट मार्फत उपलव्ध गराइएको अन्य स्वास्थ्य तथा सरसफाईका सामाग्रीहरु समेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

विपतको समयमा समुदायमा सहयोग गर्ने कारितास नेपालको विगत देखीकै निरन्तरता स्वरुप हालको रोनामहामारीको सन्दर्भमा पनि सहयोग लाई निरन्तरता दिदै भेरी नगरपालिका ३ स्थित त्रिभुवन माद्यामिक विद्यालय थाप्लेमा पुरुषहरुका लागि ५२ सेट हाइजेनीक कीट र महिलाहरुका लागि २२ सेट डीग्नीटी कीट उपलव्ध गराइएको यार्सन जाजरकोटले जनाएको छ ।

त्यसै गरि भेरी नगरपालिकालाई सेनीटाइजर एक सय एमएलका १८ थान, पाँच सय एमएलका ६ थान, थर्मल गन २ थान, पीपीइसेट १० थान,मेडीकल ग्लोब्स ७५ सेट, केएन ढछ मास्क ५० थान,सर्जीकल मास्क ६० थान हस्तान्तरन गरिएको यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रबन्धक सहदेव बस्नेतले बताउनु भयो ।

आफुहरुलाई क्वारेन्टाइनमा बसेको स्थानमै आएर कार्यक्रमले सहयोग गरेको र आफुहरुको मनोबल वढाउने कार्य गरेकोमाआफु ज्यादै खुसी भएको भेरी नगरपालिका १ का रुद्र बहादुर नेपाली ले बताउनु भयो । क्वारेन्टाइनमा बस्नु परेको बाध्यतालाई बुझेर सहयोगले आफुहरुमा हौसला प्रदान गरेको भेरी नगरपालिका २ कौशिला नेपालीको भनाई छ ।

कार्यक्रममा भेरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख भावना भण्डारीले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण आफ्नो तथा समाजको सुरक्षाका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई संस्थाले गरेको सहयोग सराहनिय भएको उल्लेख गर्नु भयो । क्वारेन्टाइनमा बस्दा पीडाको रुपमा भन्द ापनि सामाजिकदायित्वको रुपमालिनु पर्ने कार्यवाहक नगरप्रमुख भण्डारीको भनाई रहेको थियो ।

कार्यक्रममा भेरी नगरपालिकाका कर्मचारी, वडा नं १ का जनप्रतिनिधिहरु, पत्रकार यार्सन जाजरकोटका कर्मचारी,सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad