जाजरकोटका सवै ग्रामिण सडक अवरुद्ध

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

कुशे गाँउपालिकामा सवै नौ वटै वडामा सडक पुगेको छ । सदरमुकाम खलंगा सँग पनि सडकको पहुँच पुगेको छ । तर बर्खा शुरु हुने वित्तिकै कुशेको सदरमुकाम संगको यातायातको पहुँच टुटिसकेको छ । बर्षे भेलले खलंगा–पाँचकाटिया–भार्मा सडक अवरुद्ध गरिदिएपछि गाँउपालिका र सदरमुकाम विचको यातायात सम्बन्ध विच्छेद भएको हो । गाँउपालिकाले डोजर प्रयोग गरेर खनेका ग्रामिण सडक ठाँउ ठाँउमा पहिरो गएका कारण अवरुद्ध छ । कुशेमा मात्र होइन जिल्लाका सात वटै स्थानिय तह र सडक डिभिजनले खनेका सडक सवै अवरुद्ध अवस्थामा छन् ।

जाजरकोट सदरमुकाम खलंगा जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन् । विगत बर्षको तुलनामा यस बर्ष धेरै बर्षा भएको र जथाभावी डोजरले खनिएका सडकमा पहिरो जाँदा दर्जन बढी ग्रामिण सडक अवरुद्ध भएका हुन् । सडक अवरुद्ध भएपछि मानिसहरु घण्टौ पैदल हिड्न बाध्य भएका छन् भने दैनिक उपभोग्य मालसमान र अन्य निर्माण सामग्री ढुवानीमा समस्या परेको छ ।
केही दिन अघि परेको बर्षातले जिल्लाका दर्जन बढी सडक बन्द भैसकेका छन् । तर ति सडकमा गएको पहिरो हटाउन सडक डिभिजनले कुनै पहल गरेको छैन । सामान्य बजेटले सडक खुलाउन सक्ने अवस्था छैन ।

भिरालो जमिनमा जथाभावी रुपमा सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामिण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्ड विपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको ब्यवस्था नहुनु, भिरालो जमिनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो । पहिरोले छेप्का–कैन, कालिमाटि–लहाँ, खलंगा–पाँचकाटिया–पैक, दशेरा –सुयाडा, भुर–स्याउली, जगतिपुर –छिपे्रना, छेडा–थलह, थलह–लुहादह लगायतका दर्जन बढी सडक अवरुद्ध भएका छन् । तर ति सकड खुलाउन सम्बन्धित निकायले पहल गरेका छैनन् ।
नाली विनाको सडक भेलले चिराचिरा पारेको छ । सडकमा गएका ठुलो पहिरो पन्छाउन, जाली भर्न र मेसिनरी पर्खाल लगाउन प्रदेश सरकार र संघिय सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ‘स्थानिय सरकारको बजेटले सक्ने अवस्था छैन , सडक मर्मत र स्तरोन्नतीका लागी अन्य निकायले चासो देखाउँदैनन्’ उनले भने हामीलाई प्रकृतिले पनि ठगेको छ ।

पहिरोले दुई साता अघि भेरी नगरपालिका ११ जगतिपुर भनारीगाँउका दुई बर्षिय पुष्कर वरको ज्यान गएको छ । एक साता अघि झुम्रे खोला तर्नेक्रममा नलगाड नगरपालिका ४ का ५० बर्षिय शान्तबहादुर सार्की बेपत्ता भएका छन् । झुम्रे खोलामा आएको बाढीले स्थानियका दुई सय रोपणी धानखेत बगाईदिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad