तीन मुक्तक – चन्द्रा मगर

हरियाली नै देख्न मन लाग्ने सधै यि आखालाइ।
सुनेर कति आनन्द लाग्थ्यो चरिका ती भाकालाइ।।
बर्षे झरिमा रुज्दै भिज्दै उकाली ओराली गरेको।
सम्झिराछु साथी सङ्गि अनि धैरेनीको पाखालाइ।।

 

आहा! यहाँ फलेको डाली सधै नुगेकै हुन्छ।
राम्रा मान्छेमा यहाँ सबैको नजर पुगेकै हुन्छ।।
आज्ञानिले पो म ठुलो भनेर अभिमान गर्छ।
ज्ञानि मान्छे सदा सबैको सामु झुकेकै हुन्छ।।

bhumi-sanrakshyan

 

नेपालकी छोरी मत मेरै देशको गित गाउछु।

सन्सारभरी मेरै गोर्खालिको जित पाउछु।।

आहा!कति राम्रो स्वर्ग जस्तो मेरो देश नेपाल।

यिनै सुन्दर रमणीय प्रकृतिसङै मित लाउछु।।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya