राजेन्द्र कार्की । जाजरकोट
गत आईतवार राती जिल्लाको भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर पहिरोमा बेपत्ता भएका छन् । दिनभर खोज्दा पनि बेपत्ता बालक फेला पर्न सकेका छैनन् । गंभिर घाईते गणेशलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरि कोहलपुर मेडिकल कलेज लगिएको छ ।
दुई बर्ष अघि भेरी नगरपालिका ३ ठाँटी नजिक गएको पहिरोले दुई घर पुर्दा आठ बालबालिका सहित नौ जनाको ज्यान लियो । भिरालो जमिनमा बनाइएका घरलाई पहिरोले पुर्दा डेरा गरि बस्ने नौ जनाको ज्यान गयो ।
सोही बर्ष पश्चिम जाजरकोटको गर्खाकोटमा गएको पहिरोमा परि दुई जनाको ज्यान गयो । गत बर्ष नलगाड नगरपालिकाको कैन खोलामा आएको बाढीले सयौ मुरी धानखेत बगायो । पाँच ओटा घर, एक ट्रस व्रिज, तीन दर्जन घट्ट, र केही मिल बगायो । नलगाड ३ करुवामा पहिरोले गाँउ नै जोखिममा पर्दा २० घर विस्थापित भए । गत बर्ष मात्र होइन यस बर्ष पनि ति बस्तीहरु बाढी पहिरोको अति जोखिममा छन् ।
सदरमुकाम स्थित जाजरकोट–डोल्पा सडकको रेडक्रस नजिक गएको पहिरोले एक साता यातायात अवरुद्ध भयो । भेरी नगरपालिकाले मर्मत गरेर अहिले एकतर्फी यातायात चल्ने गराएपनि जुनसुकै बेला उक्त सडक भासिने खतरा छ । पहिरोकै कारण जिल्लाका ग्रामिण सडक बर्षा नलाग्दै बन्द भैसकेका छन् । डोजर चालक नै ईन्जिनियर भएर खनेका सडकले बाढी पहिरोको जोखिम बढाइरहेको स्थानियको भनाई छ । बर्षातको समयमा धेरै परिवार पहिरोको जोखिमले रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको भेरी नगरपालिका २ का विर्खबहादुर कार्कीले सुनाए । उनले भने ‘डिजाईन स्टमेट विना अन्धाधुन्ध रुपमा डोजरले पहाडमा खनेका सडकले जोखिम बढाइरहेका छन् तर स्थानिय सरकारले जोखिम न्युनिकरण र रोकथामका कुनै उपाय अपनाएको पाइदैन ।’ स्थानिय सरकार डोजरले बाटो खन्न ठिक्क छन् । त्यसबाट निम्तिन सक्ने जोखिम रोकथामका कुनै योजना छैनन् उनले भने ।
जिल्ला सदरमुकाम र आसपासका बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन् । जथाभावी सडक निर्माण , घर निर्माणका वेला पहिरोको जोखिमलाइ ख्याल नगरेका कारण सदरमुकाम खलंगा पहिरोको उच्च जोखिममा रहेको स्थानीय दीपनारायण कार्की वताए । तिव्र वनविनास, सडक निर्माण गर्दा जथाभावी डोजरको प्रयोग, कालोपत्रे गरिएको सडकमा वर्षातको पानी व्यवस्थित गर्ने नाली र हुमपाइपको व्यवस्था नगर्नुले सदरमुकाम जोखिममा रहेको उनको भनाई छ ।
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले सदरमुकाम क्षेत्रमा भत्किएका सडकहरुको मर्मतका र पहिरो रोकथामका लागि नगरको वजेटले नपुग्ने भएकाले केन्द्रिय र प्रादेशिक सरकारले सहयोग गर्नु पर्ने वताए । उनले पहिरोको जोखिमवाट सदरमुकामवासीहरुलाइ जोगाउनका लागि विशेष गुरु योजना आवस्यक रहेको र यसका लागि आफुहरुसंग प्रयाप्त वजेट नहुँदा समस्या भएको बताए । जोखिम भएका केही ठाँउमा जाली हाल्ने बाहेक अन्य काम गर्न नसकेको उनको भनाई छ ।
जुन ठाँउमा पायो त्यही घर बनाउने । जोखिमको ख्याल नगर्ने र पुर्वतयारी नहुँदा बर्षेनी बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । माटो परीक्षण नगरेर घर बनाउनु, मापदण्ड विपरीत जथाभारी डोजर प्रयोग गरेर सडक बनाउनु, ढलनिकासको उचित प्रवन्ध नहुनु, बनजंगल विनास आदि कारणले पहिरोको जाखिम बढ्दै गएको जिल्ला समन्वय समितिका संयोेजक मनबहादुर रावलले बताए । उनले तिनै तहका सरकारले विपदको सामनाका लागी पुर्व तयारी गर्नु पर्ने बताए ।