April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

पहिरोमा बेपत्ता बालक दिनभर खोज्दा पनि फेला परेनन् , घाईते बाबुलाई हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट पहिरोमा परि एक बालक बेपत्ता भएका छन् । जिल्लाको भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर पहिरोमा बेपत्ता भएका हुन् । दिनभर खोज्दा पनि बेपत्ता बालक फेला पर्न सकेका छैनन् । गंभिर घाईते गणेशलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरि कोहलपुर मेडिकल कलेज लगेको छ । घाइतेलाई सुर्खेत लगेपनि त्यहाँ उपचार संभव नभएपछि कोहलपुर लगिएको कर्णाली प्रदेश सभासद कृष्णा शाहले बताईन । राष्ट्रिय सभाका सदस्य मायाप्रसाद शर्माको पहलमा उनको उद्धार भएको हो ।

 

आइतवार राती घर नजिकैबाट पहिरो आउन थालेपछि गणेशको परिवार पशुचौपायाको उद्धार गर्न निस्केको बेला बालक बेपत्ता भएका हुन् । ‘पहिरो आए पछि चौपायको उद्धार गर्न श्रीमति सहित हामी बाहिर निस्कियौ । श्रीमतिले बाबु (छोरा)लाई समातेकी थिइन । म पहिरोमा लडे मलाई बचाउन खोज्दा छोरा फुत्किएछ । पहिरोले कता लियो थाहै भएन’ गणेशले भने ‘पहिरोले मलाई पुरयो । मलाई बचाउन खोज्दा श्रीमतिको हातबाट छोरा फुत्किएछ ।’

पहिरोमा बेपत्ता ति बालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । नजिकै खहरे खोला पनि रहेछ । पहिरो त्यही खहरेमा मिसिएको छ जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले भने ‘स्थानिय र प्रहरीले दिनभर खोज्दा पनि बेपत्ता बालक भेटाउन सकिएन ।’ बर्षात सँगै पहिरो जान थालेपछि स्थानिय त्रसित बन्न थालेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad