जाजरकोटको बारेकोटमा लोपोन्मुख राजगिद्ध

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

विश्वमै लोपोन्मुख राज गिद्ध जाजरकोटमा फेला परेको छ । संकटासन्न अवस्थामा रहेको राजगिद्ध जाजरकोटको बारेकोटमा फेला परेको हो । बारेकोट ८ को जंगलमा हिमाली गिद्ध सँग राज गिद्ध फेला परेको पशु प्राविधिक समेत रहेका पंक्षी संरक्षण संघका केन्द्रिय सदस्य गोविन्द सिंहले बताए ।

केही समय अघि बारेकोटकै वडा नम्बर १ रामीडाँडाको जंगलमा हिमाली गिद्ध सँगै राजगिद्ध देखिएको सिंहले बताए । पंक्षि संरक्षण संघका पंक्षि संरक्षण अधिकृत कृष्ण प्रसाद भुसालका अनुसार राज गिद्ध नेपालका लागी आगुन्तुक चरा हो । यसले उत्तरी धुव्रतिरका मंगोलिया र युरोपका केही देशमा गुड लगाउने गर्दछ । हिउँदमा आएर बर्षा शुरु हुनु अगाबै फर्किने गर्दछ । तर बर्षा शुरु भैसक्दा पनि जाजरकोटमा रहेको गिद्ध नफर्केको पाईएको छ । आहार पाएको र स्थानिय गिद्ध सँग घुलमिल भएकोले यतै बस्नु सुखद खवर भएको भुषालको भनाई छ । नेपालमा हरेक बर्ष २०÷२५ राजगिद्ध आउने गरेका छन् ।
नौ प्रजातिका गिद्ध मध्य जाजरकोटमा पाँच प्रजातिका गिद्ध पाईन्छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad