सडक भत्किदा आवागमन ठप्प

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट सदरमुकाम खलंगा स्थित जाजरकोट—डोल्पा सडकमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । सदरमुकाम खलंगाको ठाँटी वजार नजिक सडक भत्किदा सवारी साधन आवागमनमा समस्या भएको हो ।

लगातार परेको वर्षातले सडक मुनिवाट पहिरो जादा सवारी साधनहरु वन्द भएका छन् । सडक मुनिबाट ठुलो पहिरो गएको छ । यस अघि राखिएका जाली सवै पहिरोले बगाएको छ । पहिलो नियन्त्रणका लागी करोड बढी खर्च लाग्ने भएको छ । स्थानिय सरकारको बजेटले उक्त सडकमा गएको पहिरो रोकथाम गर्न नसक्ने भएपछि स्थानिय प्रशासनले सडक डिभिजन कार्यालयलाई मर्मतको काम गर्न निर्देशन दिएको छ ।

भेरी नगरपालिका वडा नम्वर ३ ठाँटीवजार स्थित रेडक्रस कार्यालय तलको सडकको छेउ भत्किएपछि जिल्ला सदरमुकाम भित्र चल्ने र खलंगावाट पस्चिम रुकुम, डोल्पा, जाजरकोटकै नलगाड नगरपालिका, वारेकोट गाउँपालिका लगाएतका स्थानमा जाने गाडीहरुको आवागमन बन्द हुन पुगेको हो । ढल निकास नहुँदा र गत बर्ष राष्ट्रिय अनुसन्धान कार्यालयकोे भवन बनाउँदा त्यहाँ निक्लेको माटो जथाभावी फाल्दा पहिरो गएको हो । सदरमुकामको पानी सोही ठाँउबाट बग्ने गरेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad