राजेन्द्र कार्की । जाजरकोट
बारेकोट गाँउपालिकाले आगामी आर्थिक बर्षका लागि ३७ करोड ८० लाख रुपैयाको बजेट विनियोजन गरेको छ । उक्त बजेट मध्ये २० करोड सशर्त समपुरक विशष्ो अनुदान रहेको छ । बाँकी विनियोजन गर्नु पर्ने रकम १७ करोड ८० लाख २२ हजार एक सय ३० रुपैयाँ मध्ये चालुतर्फ ६ करोड २९ लाख १० हजार रुपैयाँ र कार्यक्रम (पुँजीगत) तर्फ रु ११ करोड ५१ लाख १२ हजार एक सय ३० रुपैयाँ विनियोजन गरिएको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताईन ।
उपाध्यक्ष शाहीले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट राजश्व वाँडफाँट शिर्षकमा ८ करोड ५९ लाख ६२ हजार १ सय ३० रुपैयाँ, वित्तीय समानीकरण अनुदान संघबाट रु. ८ करोड १० लाख , प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान रु. १ करोड १ लाख ६० हजार, गाउँपालिकाको आन्तरिक राजश्वबाट रु १८ लाख, सर्शत अनुदान संघबाट रु १७ करोड ९० लाख, प्रदेश सर्शत अनुदानबाट रु ४० लाख प्रदेश सम्पुरक अनुदान १ करोड ३० लाख, प्रदेश बिशेष अनुदान गरी जम्मा रु ३७ करोड ८० लाख २२हजार १ सय ३० रुपैयाँ आय अनुमान गरिएको छ ।
चरम गरिवी अन्त्य र पिछडिएका क्षेत्र बर्ग र समुदायको शीघ्र उत्थान गर्दै सामाजिक सुरक्षाको बिस्तार सहित लोककल्याणकारी राज्यव्यवस्था निर्माणमा सहयोग पु¥याउने । भौतिक पूर्वाधार तर्फ प्रत्येक वडा कार्यालयहरुमा सडकको नयाँ ट्याक खोल्ने कार्यलाई निरन्तरता दिने र ध्यापाटाकुरा लिम्सा सडकको स्तरउन्नती गर्ने । क्रमागत भवन तथा खानेपानी योजनाहरुको आ.व. २०७७।७८ मा कार्यसम्पन्न गर्ने र थप नयाँ खानेपानी योजनाहरुको शुरुवात गरिने छ । शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न गाउँपालिका शिक्षण अनुदानलाइ निरन्तरता दिइएको छ ।
स्वास्थ्य क्षेत्रका सूचकहरुलाइ सकारात्मक दिशा उन्मुख गराउन आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिदै पालिका स्तरमा एउटा आइसालेसन भवन निर्माण गर्ने र यसै आ.वा. मा संचालन हुने गरी नयाँ४ वटा सामुदायिक स्वास्थ्य इकाइ थप गरिएकोछ । त्यस्तै कृषि तथा पशुजन्य वस्तु उत्पादन तथा व्यावसायिकरणलाई कृषकमैत्री बनाउन अनुदान प्रणाली अवलम्बन गर्ने बजेटका प्राथमिकता रहेका छन् ।
Budget Baktabya 2077.78 Barekot Rural Municipality