जाजरकोटमा छैटौं अन्र्तराष्ट्रिय योग दिवस मनाइयो

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटमा छैटौ अन्र्तराष्ट्रिय योग दिवस मनाइएको छ । योग घर घरमा योग परिवार सँग सँगै भन्ने नाराका साथ जाजरकोट खलंगामा विभिन्न कार्यक्रम गरि योग दिवस मनाईएको हो ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द रेग्मी, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर सुनिल पुन, योग प्रशिक्षक रेखा शाह, आयुर्वेद चिकित्सक डा. धनवीर बुढा लगायतको सहभागीता रहेको थियो । भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविको क्वारेन्टाइनमा रहेका एक सय पचास बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टटाइनमा बसेका स्थानियलाई फलफुल वितरण गरिएको कविराज प्रभात सुवेदीले बताए । क्वारेन्टाइनमा योग गर्नुका साथै जीवनउपयोगी प्रवचन समेत प्रदान गरिएको थियो ।

bhumi-sanrakshyan

स्वास्थ्य सेवा कार्यालय अन्र्तगतको आयुवेद शाखाले यस अघि पनि क्वारेन्टाइनमा रहेकालाई प्रत्येक दिन विहान योग शिविर संचालन गदै आएको थियो । योगले तनावबाट मुक्त गरि सकारात्मक सोचको विकास गर्नुका साथै हाम्रो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न मद्यत गर्ने योग प्रशिक्षक रेखा शाहको भनाई छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya