जाजरकोट काँग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

कोभिड—१९ महामारी नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह गदै नेपाली कांग्रेस, जाजरकोटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन–पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त मार्फत नेपाली कांग्रेस, जाजरकोटले मंगलबार प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापन–पत्र पठाएको हो ।

विश्वव्यापी कोरोना भाईरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सरकार असफल भएको भन्दै काँग्रेसले महामारी नियन्त्रणमा सरकारको असाबधानी र भाईरस प्रतिकार्यका लागि सरकारले पूर्वतयारी गर्न नसक्दा आगोको मुस्लो जस्तैगरि देशभरि फैलिएको जनाएको छ । कांग्रेसले प्रधानमन्त्रीलाई पठाएको ज्ञापन–पत्रमा भनिएको छ–‘सरकारले कोरोना भाइरस नियन्त्रणमा १० अर्ब बजेट खर्च गरेका छ तर, प्रभावित क्षेत्रबाट हालै आएका नागरिकहरु क्वारेन्टाइन नपाएर भैसी गोठमा बस्नुपर्ने अबस्था छ, कोरोना परिक्षणका लागि पिसीआरको दायरालाई फराकिलो बनाउन नसक्नु पिसिआरको रिपोर्ट समयमै आउन नसक्नु, सुरक्षित क्वारेन्टिनको व्यवस्था गर्न नसक्दा, सामुहिक बलत्कारका घटना घट्न पुगेका छन् ।’

सामाजिक दुरी कायम गरेर कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले, ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका श्रमिक तथा असायहरु भोक–भोकै बस्नुपर्ने स्थिति श्रृजना भएको छ ज्ञापन–पत्रमा उल्लेख गरिएको छ–‘एसइइ, कक्षा ११ र १२ को परिक्षाको बिकल्प दिन नसक्नु, देशको उद्योग व्यवसाय ठप्प भएको वेला सरकारका उच्च व्यक्तिहरु विलासी जीवनका लागि मोटो रकम खर्च गर्नु, कर्मचारीहरुले खाईपाई आएका सेवाहरु कटौती गर्न सक्ने सरकारले जनप्रतिनीधिहरुको कुनै पनि सेवा कटौती गर्न नसक्नु, कार्यकर्ता रिजाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिनु, लकडाउनको समयमा तेस्रो मुलुक र भारतबाट स्वदेशमा ल्याएका नागरिकहरुमा विभेद गर्नु, सरकारले गरेको लकडाउनबाट अफ्ठेरोमा परेका एक हजार भन्दा बढी नागरिकले आत्म हत्या गर्न बाध्य भएको तथ्याङ्क सार्वजनिक भएको छ ।’

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले गरेको १० अर्ब खर्च बजेटको पारदर्शी तरिकाले सार्बजनिकिकरण गर्नुपर्ने, कक्षा ११ र १२ तथा विश्वविद्यालयहरुको परिक्षा संचालनको उचित विकल्प दिन सक्नुपर्ने उल्लेख छ ।
१२ जना घाईते र ६ जनाको ज्यान जानेगरि जेठ १० गते भएको बर्बतापूर्ण रुकुमपश्चिमको सोती घटनाका दोषीलाई हदैसम्मको कारबाही र पिडितलाई न्याय दिनुपर्ने नेपाली कांग्रेस जाजरकोटले प्रधानमन्त्री केपी शर्मा वलीसंग माग गरेको छ । जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरुको पोष्टमार्टम रिर्पोटले सोती घटनाका पिडितहरुलाई झनै पिडा थपेको उल्लेख गर्दै, पिडितहरुले गरेको आन्दोलनमा प्रहरीद्धारा गरिएको लाठी चार्ज, ढुङ्गा प्रहार र हवाई फायरको घटना प्रति नेपाली कांग्रेस जाजरकोटले दुख व्यक्त गरेको छ ।

नेपाली कांग्रेस जाजरकोटका नेता बेदराज सिंहको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन–पत्रलाई तत्कालै प्रजिअ पन्तले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाएका थिए । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार नेपाली कांग्रेस जाजरकोटले प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापन–पत्र बुझाएको नेता सिंहले जानकारी दिएका छन् । यस अघि काँग्रेसले देशभरबाट ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

ज्ञापनपत्र बुझाउन नेता सिंहका साथै नेपाली काँग्रेसका महासमिति सदस्य मुक्तिप्रसाद आचार्य, नेपाली काँग्रेसका कोषाध्यक्ष तेजविक्रम शाह, नेविसंघ जाजरकोटका अध्यक्ष ललित बस्नेत, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष भीमबहादुर सिह, पुर्व अध्यक्ष जनक केसी, मगर संघकी प्रदेश समितिका कोषाध्यक्ष रीता पुन लगायतको सहभागीता रहेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad