March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

जटिल अवस्थाकी गर्भवतिको हवाइ उद्धार

राजेन्द्र कार्की । जाजरकोट

सुत्केरी बेथा लागेर छट्पटाइरहेकी जाजरकोटकी एक गर्भवति महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको कुशे गाँउपालिका ३ डाँडाखेत निवासी २० बर्षिया जानुका आरसी बस्नेतको उद्धार गरि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा सिम्रिक एयरको हेलिकोप्टरले बस्नेतलाई विहिवार विहान उद्धार गरेको डिएस्पी श्रेष्ठले बताए ।

गत सोमवार देखि सुत्केरी बेथा लागेकी उनको बुधवार देखि अवस्था जटिल भएको थियो । स्थानिय स्वास्थ्य चौकीमा उनको सुत्केरी गराउन नसकेपछि स्वास्थ्यकर्मीले तत्काल हवाई उद्धार गर्न सिफारिस गरेका थिए । गर्भवतिको अवस्था निकै जटिल भएपछि कुशे गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा हवाई उद्धार गरिएको हो । यो सँग जिल्लाबाट यस आर्थिक बर्ष सात जना गर्भवति महिलाको उद्धार भएको हो ।

भौगोलिक विकटता, सुविधा सम्पन्न अस्पताल, जनशक्ति र उपकरणको अभावमा जिल्लामा जटिल खालका सुत्केरी सेवा दिन सक्ने अवस्था नहुँदा हेलिकोप्टरबाट उद्धार गर्नु परेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए । राष्ट्रपति महिला उत्थान कार्यक्रमले सुत्केरी हुन नसकेर छट्पटाइरहेका महिलाका लागी ठुलो राहत र सहयोग भएको डा.पुनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad