राजेन्द्र कार्की । जाजरकोट
छेडागाड नगरपालिकामा एक बैकमा कार्यरत प्रवन्धक र वडाध्यक्षलाई कोरोना संक्रमण देखिएपछि गाँउमा त्रास बढेको छ । बैक प्रवन्धक र छेडागाड का एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि गाँउमा त्रास बढेको छ ।
उनीहरुलाई पोजेटिभ भएपनि उपचारको ब्यवस्था गरिएको छैन । बैकका मेनेजरमा कोरोना संक्रमण भएपनि उनी बैककै क्वाटरमा र वडाध्यक्ष घरमै बसिरहेका छन् । नगरपालिकामा आईसोलेशन नहुँदा उनीहरुलाई सिटामोलको भरमा राखिएको छ । बैकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपनि त्यहाँ आउने ग्राहक र स्टाफहरु संक्रमणको जोखिममा परेका छन् । आफुहरुलाई पनि सरेको हुन सक्ने भन्दै परीक्षणको ब्यवस्था मिलाउन माग गरेका छन् । वडाध्यक्षले स्थानिय क्वारेन्टाइनमा भारतबाट आएकाको खानबस्नको ब्यवस्थापन गदै आएका थिए ।
उनी थुप्रै स्थानिय र परिवार सँग घुलमिल भएकाले थप त्रास फैलिएको छ । नगरपालिकामा आईसोलेशन नभएका कारण राख्न नसकिएको नगरप्रमुख लालबहादुर महताराले बताए । उहाँहरु घरमै क्वारेन्टाइनमा बस्न निर्देशन दिएका छौ । सिटामोल बाहेक अरु औषधी छैन । के दिउँ नगरप्रमुख महताराले भने आईसोलेशन बनाउदै छौ । मानिसहरु भारतबाट आउने क्रम जारी छ । ६ क्वारेन्टिनमा नअटेपछि खाली घरमा राख्न थालिएको उनले बताए । हालै मात्र नगरपालिकामा भारतबाट आठ सय ४० भित्रिएका छन् । छेडागाडमा कोरोना संक्रमितको संख्या चार र जिल्लाभर नौ पुगेको छ ।
प्रहरी निरीक्षक सहित चार जना बारेकोट र शिवालयका एक युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सवैको सिटामोलको भरमा उपचार भैरहेको छ ।
कोरोनाको पिसिआर परिक्षणका लागी क्वाब संकलन गरि पठाएको १५ दिन वितिसक्दा पनि नलगाड र छेडागाडको रिपोर्ट आउन सकेको छैन । जिल्लाका विभिन्न ३७ क्वारेन्टिनमा करीव तीन हजार मानिसहरु बसिरहेका छन् । उनीहरुको ब्यवस्थापनका लागी दैनिक पाँच लाख बढी खर्च भैरहेको स्थानिय तहले जनाएका छन् ।