विद्यालय मर्मतका लागी चेलीले पठाएको सहयोग हस्तान्तरण

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

माईती गाँउको विद्यालयको मर्मतका लागी पोखराबाट एक चेलीले पठाएको ९० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । जाजरकोट सदरमुकाम खलंगा स्थित भेरी प्राथमिक विद्यालयको छाना मर्मतका लागी जिल्लाको भेरी नगरपालिका ६ भेरे माईतीघर भएकी पोखरा नगरपालिका ११ निवासी चन्द्रा घर्तीमगरले पठाएको सहयोग रकम एक समारोहका विच हस्तान्तरण गरिएको हो । वडाध्यक्ष खम्बजंग शाह मार्फत प्राप्त रकम भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयका प्रधानाध्यापक ललितराज भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा नगरप्रमुख घर्तीले आफ्नो माईती गाँउको विद्यालयको भौतिक पुर्वाधार निर्माणका लागी आफ्नो पसिनाको कमाइबाट रकम सहयोग गरेकोमा सहयोगी चन्द्रा र उनका श्रीमान मीनबहादुरलाई धन्यवाद दिए । सामाजिक क्षेत्रमा गरिएको पुण्य कार्य सधै स्मरणीय हुने नगरप्रमुख घर्तीको भनाई छ । उनले सहयोग जुटाउन पहल गर्ने वडाध्यक्ष खम्बजंग शाहलाई पनि धन्यवाद दिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता बेदराज सिंहले माइती गाँउको विद्यालयको भौतिक अवस्था सुधारका लागी गरिएको सहयोग प्रशंसनिय रहेको बताए । उनले भने—‘अहिलेको जमानामा पैसाको लागी धेरै मानिस मरिहत्ते गर्छन तर चन्द्रा—मीन दम्पति यस्ता मनकारी दाता हुन जसले आफुले मिहिनेत गरेर कमाएको पैसा शिक्षण संस्था जस्तो पवित्र स्थलमा खर्च गर्छन उहाँहरु उदाहरणीय ब्यक्तित्व हुनुहुन्छ ।’

भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले जाजरकोटका चेलीहरु जिल्ला बाहिर टाढा रहेर पनि आफ्नो मातृभुमिलाई सम्झिरहेको बताउँदै सहयोगी मनहरुलाई धन्यवाद दिए । उनले सहयोग रकमलाई मायाको चिनो सम्झेर विद्यालयले राम्रो काम गरेर देखाउन आग्रह गरे ।

भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले विद्यालयका प्रधानाध्यापकले विद्यालयको छाना चुहिने, बर्षातमा झन समस्या हुने र केही कतैबाट मर्मत गर्न सकिन्छ कि भनेर आफुलाई भनेको र नगरमा समेत यसपटक बजेट नभएका कारण सामाजिक सञ्जाल मार्फत सहयोगको अपील गर्दा भगवानले सुन्नु भएछ र भगवानरुपी चन्द्रा र मीनको दिलमा पसेर सहयोग गर्न लगाउनु भएछ । मैले फेसबुकबाट सहयोगको आग्रह गरेको चौविस घण्टामै रकम प्राप्त भएको बताए । चन्द्राले आफु अध्ययन गरेको र जन्मिएको ठाँउको भेरे स्थित विद्यालयमा केही रकमको अक्षयकोष खडा गरेर सोही अक्षय कोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हरेक बर्ष छात्रबृत्ति दिने सोच बनाएको समेत कार्यक्रममा सुनाए । कार्यक्रममा चन्द्राका बुवा नरवहादुर घर्ती, पत्रकार, अभिभावक, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रधानाध्यापक ललितराज भण्डारीले सहयोगी दाताहरु प्रति कृतज्ञता प्रकट गदै विद्यालय सहयोग प्रति सधै ऋणी रहेको र सहयोगको सधै कदर गर्ने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad