राजेन्द्र कार्की । जाजरकोट
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले जाजरकोटका पत्रकारलाई कोरोना भाइरस विरुद्धका ब्यक्तिगत सुरक्षा सामग्री सहयोग गरेका छन् । उनले सदरमुकाम स्थित एक क्वारेन्टिनमा रहेका ८२ जनालाई मासुभात खुवाएका छन् ।
पत्रकार केसीले प्रेस युनियन आवद्ध जाजरकोटका पत्रकारलाई एन ९५ मास्क, सेनिटाइजर, ज्याकेट लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । उनले जाजरकोटका ३० जना पत्रकारको कोरोना विमा समेत गरिदिने घोषणा गरेका छन् । पत्रकार केसीले सदरमुकाम स्थित त्रिभुवन माविमा बनाईएको क्वारेन्टाइमा रहेका ८२ जना स्थानियलाई खाना(मासुभात) खुवाएका हुन् । भारतबाट हालै आएकालाई क्वारेन्टाइनमा राखिएको छ । खान खुवाउन आएका केसीले क्वारेन्टाइनमै रहेकाहरु सँग सामाजिक दुरी कायम गदै केही बेर आफु नाचेको थिए भने उनीहरुलाई पनि नचाएका थिए ।
मेरो पहलमा जाजरकोट, डढेलधुरा, बाँके, नवलपरासी लगायतका जिल्लामा रहेका पत्रकारलाई सुरक्षा सामग्री वितरण गर्ने र कम्तिमा एउटा क्वारेन्टानमा बसेकालाई खाना खुवाउने गरेको छु उनले भने संकटको बेला थोरै भएपनि सहयोग गर्दा मन शान्त हुने र आत्मसन्तुष्टि हुने भएकोले सहयोग गरेको हुँ । क्वारेन्टिनमा बसेर दिक्क भएकालाई हौसला दिन नाचेको र सधै दालभात मात्र खाने गरेका उनीहरुलाई मुख फर्ने मासु सहितको खानाको ब्यवस्था गरेको उनले बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष बालकुमार शर्माको अध्यक्षतामा भएको सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका नेता बेदराज सिंहले कोरोना नियन्त्रणमा सरकार असफल रहेको बताउँदै जिल्लाका सिडिओलाई सल्लाह दिदा उपसचिब स्तरको सिडिओले उल्टै पाठ पढाउन खोजेको आरोप लगाए । उनले असल कार्यका लागी पत्रकार केसीलाई धन्यवाद दिए । कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष तेजविक्रम शाह, बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाह, नेपाली काँग्रेस बाँकेका जिल्ला कार्यसमिति सदस्य चिन्तामणी धिताल, प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, पत्रकार महासंघका अध्यक्ष भीमबहादुर सिह लगायतले पत्रकार केसीलाई धन्यबाद दिदै तानाशाही बन्न खोजेको कम्नियुष्ट सरकार असफल हुँदै गएको बताए ।