जाजरकोटमा थप तीन जनामा कोरोना संक्रमण

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा बुधवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । छेडागाड नगरपालिका १२ का ३५ र ५० बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु दुवै हालै भारतबाट आएर स्थानिय एक विद्यालयमा बनाईएको क्वारेन्टिनमा बसिरहेका थिए ।

त्यस्तै भेरी ज्ञानोदय क्याम्पस खलंगाको क्वारेन्टिनमा रहेका शिवालय गाँउपालिका १ का १५ बर्षिय बालकमा पनि कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालै त्रिभुवन मावि र भेरी ज्ञानोदय क्याम्पसबाट एक सय ५१ जनाको स्वाब संकलन गरि पठाईएकोमा एक सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस अघि बारेकोटमा एक प्रहरी सहित चार जनामा कोरोना पुष्टि भएको थियो । जिल्लामा हाल कोरोना संक्रमित हुनेको संख्या सात पुगेको छ । जाजरकोट भेरी १० का एक संक्रमित पुरुष सल्यानमा उपचार गराईरहेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad