March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

वडाध्यक्ष शाहीको निधन

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाँउपालिकाका एक वडाध्यक्षको निधन भएको छ । कुशे गाँउपालिका वडा नं ७ का ५८ बर्षिय वडाध्यक्ष रामबहादुर शाहीको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको हो ।

चार दिन देखि पेट दुखेर थलिएका वडाध्यक्ष शाहीलाई उपचारका लागी जिल्ला सदरमुकाम ल्याउदै गर्दा बाटोमै ज्यान गएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । अल्सरले थलिएका वडाध्यक्ष शाहीको निधन प्रति कुशे गाँउपालिकाले गहिरो शोक प्रकट गरेको छ । शाहीको निधनले पार्टीको लागी अपुरणीय क्षति भएको भन्दै नेपाली काँग्रेसले समवेदना प्रकट गरेको छ । त्यस्तै काँग्रेस निकट भातृ संगठनहरुले पनि शाहीको निधन प्रति समवेदना प्रकट गरेका छन् । नेपाल रेडक्रस सोसाईटीका जिल्ला कार्य समिति सदस्य समेत रहेका शाही प्रति रेडक्रसले पनि समवेदना प्रकट गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad