न्यायको माग गदै जाजरकोटमा दिनदिनै प्रर्दशन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
सोती घटनाको निश्पक्ष छानवीनको माग गदै सोमवार जाजरकोटमा प्रर्दशन गरिएको छ । सोती घटना संघर्ष समिति जाजरकोटको आयोजनामा घटनाको सत्य तथ्य छानवीनका लागी दवाव दिन सदरमुकाममा प्रर्दशन गरिएको हो ।

प्रर्दशनकारीले घटनाको सत्यतथ्य छानवीन गर, दोषीलाई कारवाही गर, पिडितलाई न्याय दे , मृतकलाई संस्कृतिक शहिद घोषणा गर, बेपत्ता गोविन्द शाहीको खोजी गर लगायतका माग लेखिएका प्ले कार्ड बोकेर नारा लगाउँदै सदरमुकाममा प्रर्दशन गरेका थिए । विभिन्न समुहले छुटाछुटै प्रदर्शन गदै आएकोमा आन्दोलनलाई ब्यवस्थित गर्न सोमवार स्थानिय नगेन्द्र शाहको नेतृत्वमा ३१ सदस्यीय सोती घटना संघर्ष समिति सोमवार मात्र गठन गरिएको छ । घटनालाई निश्पक्ष छानवीन र अनुसन्धानका लागी दवाव दिन आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक शाहले बताए । प्रर्दशन पछिको कोण सभालाई समितिका सदस्य कमान खड्का, छवि पन्त लगायतले सम्बोधन गरेका थिए । घटनालाई तोडमोड गर्न खोजिए जाजरकोटवासीको लागी सह्रय नहुने उनीहरुको चेतावनी थियो ।

१० जेठमा पश्चिम रुकुमको सोतीमा भएको घटनामा परि जाजरकोटका नवराज सहित पाँच जनाको ज्यान गएको छ भने गोविन्द शाही बेपत्ता छन् । जातिय विभेदका कारण भएको उक्त नरसंहारको विरोध स्वरुप जिल्लावासीले दिनदिनै प्रदर्शन गदै आएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad