राजेन्द्र कार्की
जाजरकोट जेठ १६
भारतवाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोटको भेरेका स्थानियले विद्यालय नै भत्काइदिएका छन् । कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णय अनुसार भारत लगाएतका मुलुकवाट उद्धार गरि ल्याइएकाहरुलाइ विद्यालयमा क्वारेन्टाइन वनाइ राख्न आवश्यक तयारी थालिएपछि भेरी नगरपालिका ६ कृष्ण मन्दिरमा रहेको कृष्ण प्राथमिक विद्यालय भवन केही शिक्षक र स्थानीयले भत्काइदिएका हुन् ।
भारतबाट आएकालाई नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयवहादुर शाही लगाएतका केहि स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएको वडाध्यक्ष शसी वुढाले वताए । मानिसहरुको वस्ती भएको स्थानमा क्वारेन्टाइन वनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हात हतियार सहित आएर विद्यालय छानो र पर्खाल सवै भत्काइदिएको वडाध्यक्ष बुढाले वताए । अधिकांश गाउँलेहरुको सहमति, वडा स्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशन अनुसार आफुहरुले उक्त विद्यालयलाइ क्वारेन्टाइन वनाइ उद्धार गरिएका स्थानीयहरुलाइ राख्न खोज्दा शिक्षक शाही, स्थानीयहरु नैनवहादुर वली, डम्वर वली, ललिता वली, गम्वर वली र वले घर्ती लगाएतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या आएको वडाध्यक्ष वुढाले वताए ।
विद्यालय भवन भत्किएपछि आफुहरुलाइ भारतवाट आएकाहरुलाइ व्यवस्थापन गर्न समस्या परेको उनले वताए । विद्यालय वरिपरि घरहरु नभएपनि उनीहरुले अवरोध गरेको वडाध्यक्ष वुढाको भनाइ छ । विद्यालय भत्काएकोवारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफुलाइ ज्यान मार्ने धम्की दिएको समेत वडाध्यक्ष वुढाले वताए ।
भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र महाविपत्तीको बेला स्थानिय सरकारको काममा अवरोध पुरयाउने र अराजकता देखाउनेमाथि कडा कारवाहि हुने वताए । नगर प्रमुख घर्तीले विद्यालय भवन भत्काउने र क्वारेन्टाइन वनाउन अवरोध गर्ने जो सुकै भएपनि कारवाही गरिने वताए ।
भारतवाट आएकालाई क्वारेन्टाइन बनाएर राख्न थालेको भन्दै गाँउलेले भत्काए विद्यालय
