रुकुम घटना ः थप एक जनाको शव फेला मृतकको संख्या पाँच पुग्यो

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

गत शनिवार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ४ खलंगाका १९ बर्षिय सञ्जु विकको शव घटनास्थल देखि करीव ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभिर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । स्थानियले सञ्जुको शव नदीमुनी फेला पारेको र मुचुल्काका लागी प्रहरी घटना स्थल तर्फ गएको डिएस्पी श्रेष्ठले बताए ।

लोकेन्द्रको सव स्थानियले फेला पारेका हुन् । यो सँगै मृतकको संख्या पाँच पुगेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको थियो ।

केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराज सहितका १९ जनामाथी सोतीका स्थानियले आक्रमण गरेका थिए । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । घेराबन्दी गरेर आक्रमण गरेका गाँउलेहरुले कुटपिट गर्नुका साथी कतिपयलाई नदीमा होमिन बाध्य बनाएका थिए । पिडित पक्षले वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरी १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्यको खोजी भैरहेको जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad