हात बाँधिएको अवस्थामा शव फेला

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

अन्र्तजातिय विवाह र प्रेमको विषयलाई लिएर गत शनिवार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ कुदुका १८ बर्षिय लोकेन्द्र सुनारको सव हात बाँधिएको अवस्थामा घटनास्थल देखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेका हुन् ।

बेपत्ता खोज्न गएका स्थानिय सुवर्ण रोकायले शव फेला परेपछि निकाल्ने क्रममा माछा मार्ने जालको डोरीले हात बाँधेको अवस्थामा लोकेन्द्रको शव फेला परेको बताए । उनले भने ‘म लगायत चार जना साथीले नदीबाट शव निकालेका हौ । माछा मार्न प्रयोग गर्ने डोरीले दुवै हात बाँधिएको थियो । बाहिर निकाल्ने क्रममा एउटा हातबाट डोरी फुस्कियो । अर्को हातमा पछि सम्म डोरी बाँधिएकै अवस्थामा थियो । एउटा हात भाँचिएको अवस्थामा थियो । टाउको र आँखामा पनि चोट थियो ।’

घटना स्थलमै रहेका अर्का स्थानिय मुक्ति आचार्यले पनि लोकेन्द्रको हातमा डोरीले बाँधिएको बताए । ‘हातमा माछा मार्न प्रयोग गरिने जालको डोरी बाँधिएको थियो । हात भाँचिएको, टाउको र आँखामा चोट थियो । शवको अवस्था हेर्दा नियन्त्रणमा लिएर हत्या गरि नदीमा बगाएको देखिन्छ’ उनले भने ।

तर जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले डोरीले हात बाँधेको कुरा इन्कार गरे । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक यम मल्ल शवको मुचुल्का गर्न गएका थिए । मल्लले सामान्य डोरी हातमा बेरिएको अवस्थामा रहेको तर हात नै नबाँधिएको रिपोटिङ्ग गरेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।
लोकेन्द्रको शव स्थानियले फेला पारेका हुन् । यो सँगै मृतकको संख्या चार पुगेको छ । दुई जना अझै हराईरहेका छन् । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको थियो ।

त्यस्तै यस अघि मृत अवस्थामा फेला परेका नबराज विक, टीकाराम सुनार र गणेश बुढाको पनि टाउकोमा नै चोट देखिएको प्रहरीले जनाएको छ ।
गणेशको हातमा समेत घरेलु हतियारको चोट देखिएको प्रहरीले जनाएको छ । टीकारामको मंगलवार, नवराज र गणेशको बुधवार पोष्र्टमार्टम गरिएको छ । पोष्र्टमार्टमको रिपोर्ट आउन बाँकी छ । तर सवको प्रकृति हेर्दा सवैलाई चोट पटक लागेको छ जाजरकोटका जिल्ला प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले भने ‘ढुङ्गा मुढा सहित आक्रमण गर्दा चोट लागेको हुन सक्छ । सँगै गएका साथीहरुको बयानका आधारमा पनि एक्कासी हमला हुँदा सवै आ आफ्नो ज्यान जोगाउन तिर लागे अरुको बारेमा खासै थाह पाएनन् । घाईते भएकाले नदीमा पौडी खेल्न नसकेर मृत्यु भएको हुन सक्छ । नदीमै पौडिदा पनि ढुङ्गा प्रहार भैरहेकोले गर्दा पनि टाउकोमा लाग्न सक्छ ।’

घटनालाई सुक्ष्मा रुपमा अनुसन्धान भैरहेको उनले बताए । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि मृत्यु भएका चार जनाकै टाउकोमा चोट देखिएपछि पिडित परिवारले गाँउलले नियन्त्रणमा लिई कुटपिट हत्या गरेर नदीमा फालिदिएको दावी गरेका छन् । ६ जनाको ज्यान आफै जान सक्दैन नमारेको भए नवराजका बुवा मुनलालले भने ‘यो डुम्को टोक्या फेरी आईगएछ । यसलाई आज यही मारेर नदीमा फालिदिनुपर्छ भनेर लखेट्न शुरु गरेको र कब्जामा लिएर हत्या गरि नदीमा फालिदिए ।’ केटीले नै बोलाएर गएको हो तर दलित भनेर पापीहरुले मारिदिए । टाउकोमा चोट छ । नदीमा डुवेर मरेको भए पेटमा पानी भरिएको हुनु पर्ने । पेटमा पानी छैन उनले भने ‘मेरो छोराको रगतमा राजनिति नगरियोस । दोषीलाई कारवाही होस । घटनाबारे सत्यतथ्य छानवीन होस । न्याय नमरोस

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad