रुकुम घटना ः हिउँ पग्लिएर नदी धमिलो भएकाले गोताखोरलाई बेपत्ता खोज्न कठिन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानी भित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् । अन्र्तजातिय प्रेमका कारण १० जेठ (शनिवार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

घटना भएको पाँच दिन सम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुवेका आशंकामा शसस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको छ । तर नदी धमिलो भएकाले पानी भित्र हेर्न नसकिएका र संकास्पद स्थानमा छामेर खोज्नु परेको गोताखोर टोलीको नेतृत्व गरेर आएका शसस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले बताए । उनले भने ‘हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ । नदी पनि निकै धमिलो छ । पानी भित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यामा कठिनाई भएको छ ।’ अक्सिजन सहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरै बेर डुवेर पानी भित्र अड्किएको बस्तु खोज्न सक्छन् तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाई छ ।

पानीमा डुवेर खोज्न मिल्ने अक्सिजन सहितको पाँच जनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरि दर्जन बढी शसस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधवार विहानै देखि भेरीमा परिचालन गरिएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख यज्ञ बस्नेतले बताए ।
हराएकाको खोजी कार्यमा स्थानिय बासिन्दा, नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु दैनिक जसो संलग्न रहेपनि भेटाउन नसकेपछि गोताखोर बोलाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । बेपत्ताहरु नदीमा डुवेको हुन सक्ने आशंकामा शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए । गत १० जेठमा भएका घटनामा भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यस अघि नै फेला परिसकेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad