रुकुम घटना ः भेरीमा बेपत्ता खोज्दै गोताखोर

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय प्रेमका कारण १० जेठ (शनिवार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । घटना भएको पाँच दिन सम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुवेका आशंकामा शसस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख डिएस्पी यज्ञ बस्नेतले बताए । पानीमा डुवेर खोज्न मिल्ने अक्सिजन सहितको पाँच जनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरि दर्जन बढी शसस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधवार विहानै देखि भेरीमा परिचालन गरिएको उनले बताए ।

हराएकाको खोजी कार्यमा स्थानिय बासिन्दा, नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु दैनिक जसो संलग्न रहेपनि भेटाउन नसकेपछि गोताखोर बोलाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । बेपत्ताहरु नदीमा डुवेको हुन सक्ने आशंकामा शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए । भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यस अघि नै फेला परिसकेको छ ।
नवराजकी प्रेमिका पस्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाइ वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवा सहित गाउँ पुगेका वेला वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेटी लखेटी आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केटाहरुलाई घेराबन्दीमा पारेर गाँउ नै उर्लेर आएर आक्रमण गरेको घटनाबाट बाँचेर आएका युवा सरोज भडेलले बताए । उनीहरुले नवराज लगायतका केहीलाई कब्जामा लिएर हत्या गरि भेरीमा फालिदिएको र अन्यलाई भेरीमा पौडी खेल्ने क्रममै ढुङ्गा हानेर हत्या गरेको बताएका छन् । भेटिएका तीन सव मध्य तीनै जनाको टाउकोमा गहिरो चोट लागेको र एक जनाको हातमा घरेलु हतियारको चोट रहेको भेरी नगरपालिका ४ का मौसम विकले बताए । पिडित परिवारले वडाध्यक्ष मल्ल सहित २० जना विरुद्ध मंगलवार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता गराएका छन् । बेपत्ताका आफन्त र मृतकका आफन्त शोकमा डुवेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad